बाँके क्षेत्र नम्बर–२ मा जित नजिक पुगिसकेको काँग्रेसको उद्घोष
बाँके(डुडुवा) १८ फागुन : नेपाली काँग्रेसले बाँके क्षेत्र नम्बर– २ मा आफुहरु जित नजिक पुगिसकेको उद्घोष गरेको छ । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का उम्मेदवार शुधान्सु कोइरालासहित सोमबार(आज) निकालिएको बृहत ¥यालीपछि डुडुवा–२ सन्तलियामा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै बोल्ने नेताहरुले आम मतदाताले नेपाली काँग्रेसलाई जिताउने संकेत देखाईसकेको भन्दै अब यो संकेतलाई परिणाममा बदल्नुपर्ने बताए ।
काँग्रेसले जित्दै गर्दा अहिले नै हौसिनुपर्ने अवस्था नरहेकाले फागुन २१ गते बेलुकासम्म आफ्नो सक्रियतालाई कायमै राख्नुपर्ने उनीहरुको भनाई छ । सभालाई सम्बोधन गर्दै उम्मेदवार कोइरालाले बाँके–२ मा नेपाली काँग्रेसको जित सुनिश्चित भईसकेको बताए ।
यो पनि ‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु’ : सुधान्शु कोईराला
यो पनि जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
यो पनि ‘नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौ’: कोइराला
यो पनि ‘सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छ’ : उम्मेदवार कोइराला
यो पनि ‘काँग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’ कोइराला
यो पनि ‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’– शुधान्सु कोइराला
यो पनि ‘लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव’–कोइराला
यो पनि असल जनप्रतिनिधिको भुमिका निर्वाह गर्न कोइरालालाई सुझाव
यो पनि मेरो राजनीतिक संस्कार र पार्टीको मुद्दा नै मेरो चुनाव जित्ने जग हो : कोइराला
‘बाँके क्षेत्र नम्बर–२ मा हाम्रो जित सुनिश्चित भइसकेको छ, आज प्रचार–प्रसारको अन्तिम दिन हो, मैले यसबीचमा धेरै आमाबुवा, दाजुभाई, दिदी बहिनी र युवा साथीहरुलाई भेट्ने प्रयास गरेको छु र उहाँहरुबाट आर्शिवाद लिने प्रयास गरेको छु, तर हामीसँग समय छोटो भएकाले एक लाख भन्दाबढी मतदाताहरु सबैलाई भेट्न सजिलो रहेनछ, त्यसैले नेपाली कांग्रेसको योगदानलाई सम्झेर नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेर विजयी गराउनु हुन म यसै कार्यक्रममार्फत सार्वजनिक रुपमा अपिल गर्दछु,’ उनले भने ।
आफु निर्वाचित भएपछि बाँके क्षेत्र नम्बर–२ बासीहरुसँगै समन्वय गरेर काम गर्ने प्रतिवद्धता दोहोर्याए । ‘म भ्रष्टाचार गर्नेछैन, सुशासन दिन्छु, यो क्षेत्रको कृषि, स्वास्थ्य, शिक्षा, पिछडिएको क्षेत्र, अपांगता, महिला लगायत समग्र क्षेत्रको विकासको लागि समन्वय गर्नेछु र यहाँको समस्यालाई संसदमा पुगेर आवाज उठाउनेछु,’ कोइरालाले भने । काँग्रेसले बाँकेको क्षेत्र नम्बर–२ मा विगत १२ वर्षदेखी नेतृत्व नपाउँदा यहाँ ठुला विकासका कामहरु अलपत्र परेको उनको भनाई छ ।
यो पनि शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
यो पनि काँग्रेस उम्मेदवार कोइराला मतदाताकै घर–दैलोमा ब्यस्त, आज संकल्पपत्र सार्वजनिक गर्दै
यो पनि उम्मेदवार शुधान्सुका लागि मतदाताले नै मत माग्दै
नेपाली काँग्रेसले २००७ सालदेखी हालसम्म हरेक परिवर्तनको नेतृत्व गरेको स्मरण गर्दै उनले जेनजी आन्दोलनपछि पनि नेपाली काँग्रेसले नै आफुलाई परिवर्तन गर्ने पहिलो पार्टीका रुपमा चिनाएको बताए । ‘जेनजी आन्दोलनका क्रममा हाम्रो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ का कलिला भाईहरु सुलभराज श्रेष्ठ र आयुष थापाले साहदत प्राप्त गर्नु भएको छ, उहाँहरुसहित जेनजी आन्दोलनका सम्पूर्ण सहिदहरुप्रति म श्रद्धाञ्जली ब्यक्त गर्दछु र परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले भने ।
नेपाली काँग्रेस डुडुवा गाउँपालिका सभापति विजय यादवको सभापतित्वमा सम्पन्न भएको बृहत चुनावी सभालाई प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका महासमिति सदस्य राजकुमार बर्माले सुशिल कोइरालाले गरेका विकास योजनालाई देखाएर आफुले गरेको भन्दै कसैले जनतामाथी भ्रम सिर्जना गर्ने काम गरिरहेको बताए । नेपाली काँग्रेसले १२ वर्षसम्म बाँके क्षेत्र नम्बर–२ मा नेतृत्व नपाएको भन्दै यसपटक जसरी भएपनि कांग्रेसलाई जिताउन उनले आग्रह गरे ।
यो पनि कोइरालालाई सहयोग गर्ने बाल्मिकी समुदायको प्रतिवद्धता
यो पनि घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित
यो पनि मतदाता भन्छन्–‘काँग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं’
यो पनि सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
यो पनि जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव
यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले डुडुवाले अहिलेसम्म ३ जना मन्त्री पाईसक्दा पनि गाउँपालिकाबासीले विकासको अनुभुति गर्न नपाएको बताए । जनतालाई झुटा आश्वासन बाँड्ने काम मात्रै उनीहरुले गरेको बताए ।
उक्त कार्यक्रमलाई नेपाली काँग्रेस बाँकेका पुर्वसभापति एवम् राष्ट्रिय सभाका सदस्य युवराज शर्मा, काँग्रेस नेतृ एवम् लुम्बिनी प्रदेश सभाका सांसद मिना बोहरा(सिद्धिकी) र सुशिला नेपाली(बादी), नेपाली काँग्रेस प्रदेश सभा–२ का अध्यक्ष एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, काँग्रेस नेता एवम् मुस्लिम अगुवा कादिर अन्सारी लगायतले सम्बोधन गरेका थिए ।
यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला
यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता
यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने
यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्
कार्यक्रममा नेपाली काँग्रेस बाँकेका निर्वतमान सभापति किरण कोइराला, पुर्वसांसद कैलाशनाथ कसौधन, लुम्बिनी प्रदेशका पुर्वसांसद मोहम्मद याकुव अन्सारी, काँग्रेस नेतृ एवम् डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्यद्धय दिक्षा कोइराला र कृष्णा सापकोटा, काँग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायत दशौं हजार नेता तथा कार्यकर्ता, सर्बसाधारण नागरिकहरुको उपस्थिती रहेको थियो ।
यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता
यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’
यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील
यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद
यो पनि शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण
यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला
यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला
यो पनि हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला
बृहत चुनावी सभाअघि नेपाली काँग्रेस क्षेत्र नम्बर–२ प्रचार–प्रसार समितिको आयोजनामा नेपालगन्जदेखी डुडुवा गाउँपालिकासम्म मोटरसाईकल सहितको बृहत र्याली निकालिएको थियो । र्यालीमा दशौं ठुलो संख्यामा युवाहरु सहभागी भएका थिए । नेपालगन्जस्थित रामलिला मैदानबाट सोमबार बिहान ११ बजेतिर सुरु भएको र्याली गणेशमान चोक, वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक, कारकाँदो चोक, राँझा चोक हुदै पुनः कारकाँदो, पुष्पलाल चोक हुदै सहिद सेतु बिक चोक, न्युरोड, त्रिवेणीमोड, फुल्टेक्रा, वसन्त मल्ल चोक हुदैँ डुडुवा–२ सन्तलियामा पुगेर बृहत चुनावी सभामा परिणत भएको थियो ।
यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’
यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments