मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’

मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’

नेपालगन्ज २६ माघ : नेपाली काँग्रेसका युवा उम्मेदवार शुधान्सुु कोइरालाले आफु झुटो आश्वासन बाँड्नका लागि जनताको घरदैलोमा नआएको प्रष्ट्याएका छन् । 

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नम्बर–२ बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका उनले चुनावको मुखमा झुटो बोल्ने प्रवृत्तिकै कारण विगतमा राजनीतिप्रतिको विश्वास विगतमा घटेको बताए । 

यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’

बाँकेको क्षेत्र नम्बर–२ अन्तरगत डुडुवा गाउँपलिकामा मतदाता भेटघाटका क्रममा आईतबार उम्मेदवार कोइरालाले नेपाली काँग्रेसका उम्मेदवारले जनतासँग कहिल्यै झुटो नबोल्ने बताए । ‘म तपाईहरुलाई झुटो आश्वासन दिदैन, मेरो क्षमताले गर्न सक्ने काम मात्रै गर्छु भन्छु, आफुले गर्न नसक्ने काममा उधारो र झुटो आश्वासन दिदैन,’ उनले भने, ‘बरु चुनाव जितेपछि क्षेत्र नम्बर–२ को विकास के कसरी गर्ने भनेर तपाईहरुबाट सल्लाह, सुझाव लिएर अगाडी बढ्नेछु ।’ 

यो पनि जेनजी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली काँग्रेस हो : उम्मेदवार कोइराला

भेटघाटका क्रममा जनताले उठाएका समस्यालाई सरकार र सदन समक्ष पुर्याएर समाधान गर्न ठोस रुपमा पहल गर्ने युवा उम्मेदवार कोइरालाले प्रतिवद्धता जनाए । कामको अवस्था हेरेर स्थानीय, प्रदेश र संघीय सरकारबाट आफुले आवश्यक पहल गर्ने उनको भनाई छ । सो क्रममा डुडुवाका स्थानीय बासिन्दाले सिक्टा सिंचाई आयोजनाको निर्माणाधिन सिधनिया शाखा नहरका विषयमा आफ्नो जिज्ञासा तथा गुनासो पोखेका थिए । नहर निर्माणको काम अधुरो हुँदा हरेक वर्ष खेतीयामको समयमा सिंचाई गर्न समस्या हुने गरेको उनीहरुको गुनासो थियो । 


मतदाता भेटघाटका क्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी ‘पप्पु’ले स्थानीय सरकारको बजेटबाट हुन सक्ने कामहरुलाई आफुले प्राथमिकतामा राखेको र ठुलो आकारको बजेटबाट हुने कामका लागि भावी का“ग्रेसका युवा नेता  कोइरालामार्फत आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । 

यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना 

Duduwa Tato hawa Bachau Image

‘हामीले गर्न सक्ने काम गाउँपालिकामार्फत गर्छौ, हाम्रो क्षमताले नसक्ने काममा उहाँ (कोइराला) मार्फत संघिय सरकारबाट बजेट ल्याएर पुरा गर्नेछौं,’ चौधरीले भने । उम्मेदवार कोइरालाले आईतबार डुडुवाको कम्दी हलकारापुर्वा, बालापुर्वा, सिधनिया लगायत गाउँ तथा नेपालगन्जका विभिन्न स्थानमा भेटघाट गरेको कांग्रेसका युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिए ।

यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता 

यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा