काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्
नेपलागन्ज ६ फागुन : ४४ वर्षीय युवा शुधान्सु कोइराला, नेपाली काँग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर–२ का उम्मेदवार हुन् । अब्बल राजनीतिक संस्कारमा हुर्किएका शुधान्सु मृदुभाषी, सरल र सहज पनि छन् । कठोर, संघर्षपूर्ण र नेतृत्वदायी राजनीतिक विरासत बोकेको गौरबशाली कोइराला परिवारका सदस्य शुधान्सु २०३८ सालमा नेपालगञ्जमा जन्मिए ।
नेपालगञ्जमै हुर्के बढेका कोइराला त्यस्ता भाग्यमानी पात्र हुन्, जसले सहोदर ठूलो–बुवा, बुवा र आमाबाट राजनीतिकरुपले दिक्षित हुने अवसर पाए । संविधान पिता, नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सानिध्यतामा राजनीतिक संस्कार सिकेका शुधान्सु आँखामा सपना र मनमा अठोट बोकेर हिँडेका जोशिला युवा हुन् ।
यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील
बुवा स्वर्गीय डा. अरुण कोइराला र आमा किरण कोइरालाका सुपुत्र शुधान्सु, २०७० मा सक्रिय राजनीतिमा होमिए । शुधान्सु त्यस्ता सुपुत्र हुन् जसले आमाबुवा दुबैले बाँके काँग्रेसको नेतृत्व गरेको हेरे, अनुभूत गरे र त्यही पदचापलाई पछ्याउँदै राजनीतिक रुपमा अघि बढे ।
बैंकका जागिरे कोइराला पारिवारिक राजनीतिक लय समाउँदै ‘पूर्णकालीन राजनीतिक’ मैदानमा होमिएका हुन् । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनपछि गठन भएको सरकारको नेतृत्व तत्कालीन कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाले सम्हालेपछि उनी सचिवालयमा खटिए । त्यहीँबाट राजनीतिक उडान भरेका कोइराला निरन्तर अघि बढिरहेका छन् ।
यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद
सुरुमा तरुण दलमा आबद्ध कोइरालाको लोकप्रियता १३औं महाधिवेशनमा मापन भयो, जसबाट उनी सर्वाधिक लोकप्रिय मतका साथ जिल्ला कार्यसमितिमा प्रवेश भए । जिल्ला सदस्य भएपछि नेता कार्यकर्तासंगको सम्बन्ध र सम्पर्कलाई मूल मन्त्र बनाएर अघि बढेका कोइराला १४औं महाधिवेशनमा सचिव निर्वाचित भए । त्यसपछि उनको राजनीतिक एवम् सांगठनिक गति अझ तेज बनेर गयो ।
यो पनि शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण
तरुण दलको पार्षद बनेर अघि बढेका शुधान्सु अब नेपालगञ्ज र डुडुवाको स्वर्णीम भविष्य कोर्न जनप्रतिनिधि बन्ने हुटहुटीका साथ प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ अनुहारका रुमपा उनी आएका छन् । नेपाली कांग्रेस विशेष महाधिवेशनपछि नयाँ नेतृत्वसहित सुधारिएर आएपछि कोइराला जस्ता थुप्रै युवा नेताहरुले पनि अवसर पाएका छन् ।
अग्रजलाई सम्मान र अनुजलाई प्रेमभाव प्रकट गर्न सिपालु कोइराला नेपालगञ्ज क्षेत्रका सम्भावना बोकेका जुझारु नेता हुन् । बेदाग कोइराला संस्कारी त छन् नै, आत्मविश्वासी पनि छन् । समाजशास्त्रमा स्नातकोत्तर कोइराला संसदीय राजनीतिको अनुभव बटुल्दै जनसेवाको दायरालाई फराकिलो बनाउन जनतामाझ छन् । वीपी अध्ययन प्रतिष्ठान नेपाल बाँकेका अध्यक्ष समेत रहेका कोइराला नेपालगञ्ज र डुडुवाको विकास र समृद्धिमा आफ्नो राजनीतिक भविष्य देख्छन् ।
यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला
यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
जनतालाई जनार्दन ठान्ने कोइराला जनताको सुखदुःखमा सधैं संगसंगै हुन्छन् । “मलाई विश्वास छ, मतदाताले मलाई रोज्नुहुन्छ, मलाई रोज्दा उहाँहरुलाई पछुतो हुनेछैन, जनताको विश्वास र भरोसा टुट्न दिँदैन ।’
उन्नत लोकतन्त्र र संविधानका लागि साढे सात दशकदेखि निरन्तर लड्दै आएको ऐतिहासिक र जिम्मेवार पार्टीको एक सदस्य हुन पाउँदा आफू गौरबान्वित भएको कोइराला बताउँछन् । स्वर्गीय सुशील कोइरालाको निष्ठा र इमानयुक्त राजनीतिक पुँजीले सिञ्चित परिवारको सदस्य हुनुमा पनि उनी गौरब गर्छन् ।
शुधान्सु भन्छन्, “सुशील बुवाको निर्वाचन क्षेत्रमा चुनाव लडेर जनताको सेवक बन्ने अवसर पाएको छु, आम मतदातालाई किञ्चित निराश बनाउँदैन ।“ सामाजिक र सांस्कृतिक क्रियाकलापहरुमा सहजै सरिक हुने कोइराला क्षेत्र नम्बर–२ बासीका लागि नयाँ नाम होइन ।
यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला
यो पनि हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला
यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’
यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments