त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना

त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना

नेपालगन्ज १८ माघ : नेपाली काँग्रेसले बाँके क्षेत्र नम्बर–२ मा चुनावी प्रचार अभियानलाई तीब्रता दिएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर काँग्रेसले आज आईतबार निर्वाचन क्षेत्र नम्बर–२ को नेपालगन्जमा ‘निर्वाचन प्रचार–प्रसार समितिको सचिवालय’ सञ्चालनमा ल्याएको छ । 

नेपाली काँग्रेस बाँकेका जिल्ला सचिव एवम् क्षेत्र नम्बर–२ का प्रतिनिधि सभाका सदस्यका उम्मेदवार शुधान्सु कोइरालाको उपस्थितीमा ‘निर्वाचन प्रचार–प्रसार समितिको सचिवालय’ औपचारिक रुपमा उद्घाटन भएको हो । 

यो पनि ‘बाँकेमा धर्म, संस्कारको जगेर्ना गर्न काँग्रेसको जित आवश्यक’ : सभापति पुन

नेपालगन्जको त्रिभुवन चोकमा प्रचारप्रसार समितिको कार्यालय स्थापना गरिएको हो । उक्त कार्यालयको आज एक औपचारिक कार्यक्रमका बीच नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले उद्घाटन गरेका थिए । 

यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता

नेपाली काँग्रेस, बाँके क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको अध्यक्षतामा भएको प्रचारप्रसार कार्यालय उद्घाटन समारोहमा काँग्रेस केन्द्रिय सदस्य बाल्मिकी, प्रतिनिधि सभा सदस्य उम्मेदवार सुधान्सु कोइराला, पार्टीका जिल्ला कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, पूर्व सभापतिद्वय कृष्णमान श्रेष्ठ र किरण कोइराला, युवा नेता सुदिपनरसिंह राणा, नेतृ उमा थापामगर लगायतले सबै तिक्ताहरु भुलेर काँग्रेसका उम्मेदवार जिताउन एक ढिक्का भएर लाग्न आग्रह गरिएको थियो । 


यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील

Duduwa Tato hawa Bachau Image

सोक्रममा गत भदौ २३ र २४ गते सहादत प्राप्त तथा लोकतन्त्र प्राप्तिको आन्दोलन शहिदहरुप्रति एक मिनेट मौनधारण गरी श्रद्धासुमन व्यक्त गरिएको थियो ।

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा