शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’
नेपालगन्ज ५ फागुन : नेपाली काँग्रेसको बाँके क्षेत्र नम्बर–२ का उम्मेदवार शुधान्सु कोइरालाले राप्ती नदिका कारण उत्पन्न डुवान र कटानको सवाल प्राथमिकतामा रहेको उद्घोष गरेका छन् ।
डुडुवा गाउँपालिका वडा नम्बर– २ बेतहनी चोकमा मंंगलबार आयोजित नेपाली काँग्रेस वडा स्तरिय भेलालाई सम्बोधन गर्दै कोइरालाले सो कुरा बताएका हुन् ।
यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्
राप्तीको बाढीका कारण वर्षौदेखि खेती योग्य जमीन डुवान र कटान भइरहेको भन्दै उहाँले डुबान नियन्त्रण र कटान रोकथामका लागि आवश्यक पहलकदमी लिने विश्वास दिलाए । यूवा नेता कोइरालाले डुडुवाको समग्र समस्याबारे आफु जानकार मात्र नभई सम्वेदनशिल र जिम्मेवार रहने समेत दाबी गरे ।
यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील
उनले डडुवाको कृषि उत्पादन वृद्धिका लागि उचित सिंचाई र मलखादको व्यवस्थाका लागि समेत आफु प्रतिवद्ध रहेको बताए । राजनीतिमा संस्कार र इमानदारिता पनि जुरुरी रहेको बताउँदै उनले आफु त्यो संस्कारबाट दिक्षित भएको उल्लेख गरे । समाजसेवा गर्नका लागि राजनीतिमा आएकाले जनताको हरेक सवालमा आफु समर्पित रहने उनको जीकीर थियो ।
यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद
उनले भने–‘यहाँहरुले विश्वास गरेर मलाई सांसदमा जिताउनुस्, त्यो विश्वासलाई म शीरोधार्य गर्नेछु ।’अनेकन स्वार्थले पार्टीहरु खोल्ने, टुटने र फुटने भइरहेको प्रसंग कोट्याउँदै उनले भने –नेपाली काँग्रेसप्रति जनताको अपार विश्वास र माया रहेकाले आफु जित्नेमा विश्वस्त छु ।
यो पनि शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण
नेपाली काँग्रेस महासमिति सदस्य राजकुमार बर्माले जनताको समस्या काँग्रेसले नै सम्वोधन गर्न सक्ने भन्दै यूवा उम्मेदवार कोइरालालाई जिताउने अवसर नगुमाउन आहवान गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बर्माले अन्य दलका झुठा आश्वासनमा विश्वास नगर्न पनि अपील गरे । यस्तै नेपाली काँग्रेस महासमिति सदस्य नरेन्द्र चौधरीले पुरानो र भरपर्दो पार्टी काँगे्रस मात्रै भएकाले काँग्रेसकै उम्मेदवारलाई जिताउन अनुरोध गरे ।
यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला
यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
नेपाली काँग्रेस वडा नम्बर–२ का सभापति रामकुमार गोडियाको सभापत्विमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस प्रदेश क सभापति ज्ञानेन्द्र चौधरीले स्वागत मन्त्व्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काँगे्रस बाँकेका पुर्व सभापति किरण कोइराला लगायतको ठुलो उपस्थिती रहेको थियो ।
यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला
यो पनि हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला
यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’
यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments