रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने

रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने

नेपालगन्ज ६ फागुन : रुकुमेली सेवा समाज बाँकेले नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का उम्मेदवार शुधान्सु कोइरालालाई जिताउने भएको छ ।

साविक रुकुम जिल्लाबाट बसाई सरेर बाँकेमा बसोबास गर्दै आएका रुकुमेलीहरुको साझा संस्थाको रुपमा रहेको उक्त संस्थाले क्षेत्र नम्बर–२ मा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु मध्ये सबैभन्दा योग्य, क्षमतावान र कुनै दाग नलागेका व्यक्ती शुधान्सु मात्र भएकाले उनैलाई सहयोग गर्ने निस्कर्ष निकालेको हो । समाजले बुधबार नेपालगन्जमा एक भेला गरेर काँग्रेसका युवा उम्मेदवार कोइरालासँग अन्तरक्रिया समेत गरेको थियो ।

यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्

रुकुमेली सेवा समाज बाँकेका अध्यक्ष बासुदेव गौतमले तत्कालिन माओवादी सशस्त्र द्वन्द्वयता ठुलो संख्यामा रुकुमेलीहरु बाँकेमा आएर बसोबास गरेको र धेरैले दुःख, कष्टका साथ जीवन यापन गर्दै आएको सुनाउँदै आउँदो निर्वाचनमा हरेक परिवर्तनको नेतृत्वकर्ता नेपाली काँग्रेस पार्टीलाई मतदान गरेर जिताउने निचोडमा आफुहरु पुगेको बताए ।

समाजमा बाँके जिल्लाका करिव १२-१३ सय जना सदस्यहरु रहेको र अधिकांसले बाँके–२ मा कोइरालालाई नै सहयोग गर्ने निर्णय भएको उनले सुनाए । ‘धेरै आन्दोलन र परिवर्तनको नेतृत्व गरेर आएको काँग्रेस जेनजी आन्दोलनपछि आफुलाई परिवर्तन गर्ने पहिलो पार्टी भएको छ,’ उनले भने, ‘कांग्रेस बद्लिएको छ, बद्लिएको काँग्रेसले भावी प्रधानमन्त्रीमा गगन थापालाई अगाडी सारेको छ, बाँके–२ का उम्मेदवार कोइरालाले पनि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सक्दो रुपले लाग्छु भन्नु भएको छ, उहाँको कुरा र बिचारबाट हामीहरु प्रभावित भएका छौं ।’

यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता

रुकुमेली सेवा समाज नेपालगन्ज कार्यसमितिका अध्यक्ष दिपेन्द्रकुमार खड्काले रुकुमबाट झरेर आएका नेपालगन्जसहित बाँके क्षेत्र नम्बर–२ का बासिन्दाले नेपाली काँग्रेसलाई नै मतदान गरेर जिताउने बताए । 

‘हामी एक ढिक्का भएर युवाको नेतृत्व गर्नु भएका शुधान्सु कोइरालालाई मतदान गर्ने निर्णयमा पुगिसकेका छौं, युवाको मागलाई उहाँले सम्बोधन गर्नुहुनेछ, उहाँ जत्तिको ब्यक्तीलाई नेपाली काँग्रेसले यतिखेर उम्मेदवार बनाएर राम्रो काम गरेको छ ।’

यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’

सो क्रममा उम्मेदवार कोइरालाले आफुले भ्रष्टाचार र कुनैपनि अनुचित कार्य नगर्ने प्रतिवद्धता जनाए । ‘म आफुले भ्रष्टाचार गर्नेछैन, भ्रष्टाचारका विरुद्ध सडक र सदनमा बोलिरहनेछु,’ उनले भने, ‘मलाई यसपटक जिताएर संसदमा पठाउनुस्, म तपाईहरु सँग–सँगै मिलेर काम गर्नेछु ।’ रुकुमेली समाज लगायत बाँकेमा रहेका थुप्रै समाजहरुले आफुलाई हौसला दिइरहँदा चुनाव जित्ने आधार बलियो बन्दै गएको उम्मेदवार कोइरालाले बताए ।  

Duduwa Tato hawa Bachau Image

यसैबीच उम्मेदवार कोइरालाले बुधबार मतदाता भेटघाट र घरदैलो गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ फुल्टेक्रामा नेपाली काँग्रेसका वडासभापति जमालुद्दिन बागवानको अगुवाईमा मतदाता भेटघाट सम्पन्न भएको छ ।

सो क्रममा नेपाली काँग्रेसका महासमिति सदस्य निरन्जनसिंह सिजापति, मोहम्मद याकुव अन्सारी, नेपाली काँग्रेसका युवा नेता बीरेन्द्रबहादुर शाह, नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिकाका उपसभापति धनराज बर्मा, तरुण दलका नगर अध्यक्ष सन्दिपजंग शाह, वडा सचिव दिलिप रेग्मी, कुन्तलराज शर्मा, महिला नेतृ मञ्जु शाह, सगुन श्रेष्ठ, अनुजा राठौर सेन, राधा खड्का, विजय मल्ल लगायत वडा स्तरमा रहेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिए ।

यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील

यसअघि बुधबार बिहान वडा नम्बर–१४ मा वडासभापति सञ्जय बर्माको अगुवाईमा भएको मतदाता भेटघाटका क्रममा पार्टीका महासमिति सदस्य एवम् नेता राजकुमार बर्मा, महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, महासमिति सदस्य निजामुद्दिन अन्सारी ‘छोड्कौं’, पार्टीका युवा नेता बीरेन्द्रबहादुर शाह, नेपाली काँग्रेस क्षेत्र नम्बर – २ का सचिव प्रदिप साह, युवा नेता रमेश तिमिल्सिना लगायत वडा स्तरका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद 

यो पनि  शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण 

यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला 

यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै 

यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला 

यो पनि  हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला 

यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’

यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’

यो पनि  जेनजी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली काँग्रेस हो : उम्मेदवार कोइराला 

यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना 

यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता 

यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा