युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद
नेपालगन्ज ३ फागुन : बाँके, क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालालाई ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जले स्वागत तथा सम्मान गरेको छ । महाशिवरात्री पर्वको अवसरमा आइतबार(आज) बिहान आयोजित विशेष समारोहमा विश्वविद्यालयले कोइरालालाई सम्मान गरिएको हो ।
सो क्रममा ब्रहाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जकी प्रमुख दुर्गा दिदीले उम्मेदवार कोइरालालाई स्वागत तथा सम्मान गर्दै आर्शिवाद दिएकी थिइन् । ‘भोलेनाथ (भगवान शिव)ले तपाईलाई आजको यो विशेष दिनमा शक्ति प्रदान गर्नु भएको छ, तपाईलाई हाम्रो तर्फबाट पनि धेरै धेरै बधाई र आर्शिवाद छ ।’
यो पनि शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण
उक्त कार्यक्रममा विश्वविद्यालय नेपालगन्जकी प्रमुख दुर्गा दिदीसहित बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री, अन्तर धार्मिक सद्भाव मञ्चका संयोजक एवम बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला
यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
यसैबीच युवा उम्मेदवार कोइरालाले आइतबार नै बागेश्वरी मन्दिर परिसरमा रहेको जंगुे महादेव मन्दिर र डुडुवा गाउँपालिका वडा नम्बर ५ पदमपुरमा रहेको शिव मन्दिरको पनि दर्शन गरेका छन् ।
यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला
यो पनि हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला
यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’
यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments