‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’– शुधान्सु कोइराला
नेपालगन्ज १४ फागुन : बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का नेपाली काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाले आफूले मतदातालाई उधारो आश्वासन नबाँडेको बताएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० र वडा नम्बर–३ मा बिहीबार (आज) बिहान भएको घरदैलोका क्रममा उनले चुनावको मुखमा प्रायःजसो उम्मेदवारले उधारो आश्वासन बाँड्ने, तर निर्वाचनपछि फर्केर नआउने प्रवृत्ति कायम रहेकाले आफूले त्यस्तो काम नगर्ने प्रतिवद्धता जनाए निर्वाचनपछि पनि आफू जनताकै काममा समर्पित हुने र बिहान–साँझ जनताको सम्पर्कमै रहने बताए ।
यो पनि ‘लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव’–कोइराला
‘म अहिले मतदाताहरुलाई यो काम गर्छु, उ काम गर्छु भनेर उधारो आश्वासन बाँड्दैन,’ उनले भने, ‘म पहिलो चोटी उम्मेदवार बनेको छु, नेपाली कांग्रेसालाई विश्वास गरेर मलाई जिताउनुहोस्, तपाईंहरुकै सल्लाह, सुझाव अनुसार म चुनाव जितेपछि काम गरेर देखाउनेछु ।’
यो पनि असल जनप्रतिनिधिको भुमिका निर्वाह गर्न कोइरालालाई सुझाव
यो पनि मेरो राजनीतिक संस्कार र पार्टीको मुद्दा नै मेरो चुनाव जित्ने जग हो : कोइराला
यो पनि शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
यो पनि काँग्रेस उम्मेदवार कोइराला मतदाताकै घर–दैलोमा ब्यस्त, आज संकल्पपत्र सार्वजनिक गर्दै
चुनावको मुखमा उम्मेदवारहरुले अनेक आश्वासन बाँड्दा जनताले विश्वास नै गर्न छाडिसकेको काँग्रेसका युवा नेता कोइरालाले बताए । आफू निर्वाचित भएपछि संघीय संसदमा प्रतिनिधित्व गरेर कानुनहरु बनाउने र बाँके क्षेत्र नम्बर–२ को विकासका लागि समन्वय र आवश्यक पहल कदमी गर्ने प्रतिवद्धता दोहोर्याए ।
सो क्रममा उम्मेदवार कोइरालालाई नेपालगन्ज–१० भृकुटीनगर, भेरी प्राविधिक शिक्षालय टोल, जनस्वास्थ्य कार्यालय टोल, नेपालगन्ज–३ स्थित रानीतलाउ लगायत स्थानमा मतदाताले स्वागत गर्दै टिका, माला र खादा लगाएर आशिर्वाद दिएका थिए । नेपालगन्ज–१० र वडा नम्बर ३ मा आयाजित घरदैलोका क्रममा पार्टीका जिल्ला, क्षेत्र, नगर र वडा तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यो पनि उम्मेदवार शुधान्सुका लागि मतदाताले नै मत माग्दै
यो पनि कोइरालालाई सहयोग गर्ने बाल्मिकी समुदायको प्रतिवद्धता
यो पनि घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित
यो पनि मतदाता भन्छन्–‘काँग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं’
यो पनि सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
कोइराला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा हुन् । सोही वडाका स्थायी बासिन्दा समेत रहेका नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला यसअघि बाँके, क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने गरेका थिए ।
यो पनि जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव
यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता
यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला
यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता
यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने
यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्
कोइरालाको निधनपछि काँग्रेसले उक्त क्षेत्र लगातार गुमाउँदै आएको छ । जेन–जी आन्दोलनको भावना अनुसार नेपाली काँग्रेसले युवा नेता शुधान्सुलाई यही क्षेत्रमा उम्मेदवार बनाएको हो । यस पटक भने नेपाली काँग्रेसको अस्तित्व फर्काउने तयारीका साथ कोइराला चुनावी मैदानमा छन् ।
यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता
यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’
यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील
यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद
यो पनि शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण
यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला
यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला
यो पनि हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला
यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’
यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments