बाँके–२ मा सुधान्शु कोइरालाको संकल्पपत्र सार्वजनिकः भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताको नीति
नेपालगन्ज १२ फागुन : नेपाली काँग्रेसले बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का उम्मेदवार शुधान्सु कोइरालाको संकल्प–पत्र सार्वजनिक गरेको छ । नेपालगन्जमा आज मङेगलबार एक औपचारिक समारोहका बीच उम्मेदवार कोइरालाको संकल्प सार्वजनिक गरिएको हो ।
नेपाली काँग्रेसले कानून–न्याय, सुशासन, भौतिक पूर्वाधार र विकास, उद्योग व्यवसाय प्रवद्र्धन, पर्यटन विकास, वातावरण संरक्षण, कृषि तथा उद्यमशिलता, शिक्षा, स्वास्थ्य, यूवा खेलकुदको उत्थान र धर्म–संस्कृति जगेर्नाप्रतिको संकल्पलाई बुँदागत रुपमा समेटेको छ ।
उम्मेदवार कोइरालाले लोकतन्त्र, संविधान, विधिको शासन, सामाजिक न्याय, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदैव अग्रसर रहने प्रतिवद्धता ब्यक्त गर्दै कटिबद्ध भएर प्रस्तुत हुनेमा दृढ संकल्प गरेका छन् ।
यो पनि शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
यो पनि काँग्रेस उम्मेदवार कोइराला मतदाताकै घर–दैलोमा ब्यस्त, आज संकल्पपत्र सार्वजनिक गर्दै
कोइरालाले सुशासनतर्फ भ्रष्टाचार नियन्त्रणका लागि शुन्य सहनशिलता नीतिलाई कार्यान्वयन गर्न पहल गर्ने, सरकार वा संस्थाको काम पारदर्शी र स्पष्ट हुनुका साथै निर्णय, बजेट, योजनाबारे नागरिकले थाहा पाउनुपर्ने मान्यतालाई व्यवहारमा ल्याउन जोड दिने, सूचनाको हकको पूर्ण कार्यान्वयनको वातावरण बनाउन भूमिका खेल्ने, जिम्मेवार तहमा रहेका सबैले आफ्नो काम, कर्तब्यप्रति जवाफदेही हुँदै असललाई पुरस्कृत र खराबलाई दण्ड दिने नीति संस्कृति अवलम्बन गर्न भूमिका निर्वाह गर्ने लगायत संकल्प गरेका छन् ।
यो पनि उम्मेदवार शुधान्सुका लागि मतदाताले नै मत माग्दै
यो पनि कोइरालालाई सहयोग गर्ने बाल्मिकी समुदायको प्रतिवद्धता
यो पनि घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित
यो पनि मतदाता भन्छन्–‘काँग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं’
यो पनि सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
यस्तै भौतिक पूर्वाधार र विकासतर्फ नेपालगन्जमा वृहत चक्रपथ (रिङरोड) परियोजनालाई मूर्त रुप दिन पहल गर्ने, नेपालगन्ज र डुडुवा क्षेत्रका भौतिक पुर्वाधार (सडक, ढल, नाला) निर्माणका लागि विशेष प्राथमिकता दिने, ग्रामिण क्षेत्रमा रहेका फुसको छानालाई विस्थापित गरी कर्कट पाता लगायतको वैकल्पिक छानो व्यवस्थाका लागि पहल गर्ने लगायतका संकल्प गरिएको छ ।
यसैगरी उद्योग, व्यवसाय प्रर्वद्धनतर्फ भारतसँगको आयात–निर्यात सहजताका लागि आइसीपीको प्रभावकारी सञ्चालन गरिने, खुला सिमानाका कारण हुने चोरी, पैठारीलाई निरुत्साहित गर्न भन्सार मूल्यांकनलाई पुनरावलोकनका लागि आवश्यक नीति तर्जुमा गर्न आवश्यक पहल गर्ने, नयाँ उद्योग स्थापनाको लागि करमैत्री नीति लागू गर्न अग्रसर रहने, स्थानीय उद्योगलाई प्रोत्साहन, प्रवद्र्धन र बजारीकरण गर्न आवश्यक पहल गर्ने लगायत संकल्प गरिएको छ ।
यो पनि जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव
यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता
यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला
यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता
यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने
यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्
त्यस्तै राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपान्तरण गर्न अग्रसरता लिइने, नेपालगन्ज–दिल्ली लगायत भारतीय शहरमा हवाई उडानका लागि कूटनीतिक पहल गर्ने, बागेश्वरी मन्दिर, जुँगे खडेश्वर महादेव, गौशाला हनुमान मन्दिर (१०८ फिट), राप्ती (सिधनियाघाट), राप्ती गंगा महाआरती, बेतहनी पाँझस्थित शिवधाम लगायत क्षेत्रलाई धार्मिक, साँस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न योजना अनुरुप कार्य सम्पन्न गर्न आवश्यक पहल गर्ने लगायत रहेका छन् ।
त्यसैगरी नेपालको संविधान २०७२ को कार्यान्वयन प्रक्रियामा प्रतिबद्ध रहँदै जनचाहनालाई उच्च प्राथमिकता दिँदै आवश्यक संशोधनका लागि पहल गर्ने, राष्ट्रिय वन तथा सामुदायिक वनको संरक्षण–सम्वद्र्धन गर्न आवश्यक पहल गर्ने, कृषिलाई उच्च प्राथमिकता दिदै खेतीका लागि आवश्यक सिंचाई व्यवस्था गर्न पहल गर्ने, गुणस्तरिय शिक्षाका लागि बिद्यालय–कलेज–विश्वविद्यालयलाई डिजिटलाइजेशन, प्रयोगशाला लगायतको स्तरोन्नति गर्दै शैक्षिक सुधारको प्रयास गर्ने, भेरी अस्पताललाई ५ सय शैयाको स्तरोन्नतिका लागि पहल गर्ने, साथै पुरानो ओपिडी ब्लकलाई भत्काएर अत्याधुनिक ब्लक निर्माणका लागि द्रुत गतिमा प्रक्रिया अगाडि बढाउन पहल गर्ने, युवा नीति कार्यान्वयनमा जोड दिइने, खेलकुदको समग्र विकासका लागि क्रिकेट, फुटबल लगायतका खेल मैदान निर्माण गर्न आवश्यक पहल गर्ने संकल्प पनि गरिएको छ ।
यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता
यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’
यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील
यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद
यो पनि शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण
यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला
यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला
यो पनि हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला
उम्मेदवार कोइरालाले ऐतिहासिक, साँस्कृतिक, धार्मिक र बहुभाषिक यस क्षेत्रलाई शान्त, सद्भाव र समृद्ध क्षेत्रको रुपमा विकसित गर्न आवश्यक पहल गर्ने, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वका क्षेत्रको संरक्षण र सम्वद्र्धन गरिने, सामाजिक, धार्मिक सद्भाव कायम राख्न पूर्ण प्रतिवद्धता ब्यक्त गरेका छन् ।
नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–२ का सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एवम् राष्ट्रिय सभाका सदस्य तथा कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्माले नेपाली कांग्रेसले बाँकेको क्षेत्र नम्बर २ मा शुधान्सु कोइराला जस्तो योग्य र क्षमतावान ब्यक्तिलाई उम्मेदवार बनाएको बताए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले उम्मेदवार कोइरालाले चुनाव जित्ने विभिन्न आधारहरु रहेको बताए । यस्तै संकल्प–पत्र तयारी समितिका सदस्य ललित कुमार रौनियारले संकल्प–पत्रमा समेटिएका विषयहरुका बारेमा जानकारी गराएका थिए ।
यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’
यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–२ का प्रचार–प्रसार समितिका सदस्य उमा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा पार्टीका क्षेत्र नम्बर–२ का क्षेत्रीय सचिव एवम् क्षेत्र नम्बर–२ का प्रचार–प्रसार समितिका संयोजक सुनिलसिंह हमालले स्वागत गरेका थिए ।
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments