जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला
नेपालगन्ज १ फाल्गुन : नेपाली काँग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र नम्बर–२ मा पार्टीका नेता, कार्यकर्ता र जनतामा निर्वाचनप्रति एकदमै उत्साह जागेको बताएका छन् ।
नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा शुक्रबार(आज) प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्रिभुवन चोक नेपालगन्जको मुटु भएकाले यहाँका जनता र पार्टीका नेता, कार्यकर्तामा निर्वाचनप्रति उत्साह जाग्नुपर्ने स्पष्ट पारे । ‘जबसम्म यो वडा तात्दैन, तबसम्म हामीले आफुलाई बलियो महसुस गर्नु हुदैन, यहाँका नेता, पार्टीका साथीहरु, यहाँका जनतामा उत्साह जाग्नुपर्छ,’ उनले भने ।
मतदाता भेटघाटका क्रममा आफु जहाँ पुग्यो, त्यहाँ उत्साह देखिएको उम्मेदवार कोइरालाले बताए । ‘हामी जहाँ गइरहेका छौं, जनतामा उत्साह देखिन्छ, पार्टीका नेता र कार्यकर्ताहरुमा उत्साह छ, हामी जितको नजिक पुगिसकेका छौं,’ उनले अगाडी भने । बाँकेको क्षेत्र नम्बर–२ मा विगत १० वर्षदेखी नेपाली कांग्रेसले संसदमा प्रतिनिधित्व गर्न नपाएको भन्दै यसपटक जसरी पनि नेपाली काँग्रेसलाई जिताएर पठाउन मतदातालाई उनले अपील गरे ।
आफु नेपालगन्जमै जन्मेर त्रिभुवन चोकमा हुर्केको स्मरण गर्दै कोइरालाले भने, ‘म नेपालगन्जमै जन्मिए, त्रिभुवन चोकमा हुर्किए, अब यही त्रिभुवन चोकले मलाई विजयी गराएर संसदमा पठाउने विश्वास लिएको छु ।’ आफु निर्वाचनका लागि ठाउँ–ठाउँमा पुग्दा नेपाली कांग्रेसका हरेक वडाका नेता, कार्यकर्ताले उत्साह जगाइरहेको बताए ।
यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
‘मलाई अहिलेसम्म हरेक नेता, कार्यकर्ताले उत्साह जगाउनु भएको छ, मलाई साथ दिनु भएको छ,’ उनले भने, ‘मैले आदरणीय नेताहरुबाट माया पाएको छु, उत्साह पाएको छु ।’
उमेर, राजनीति र अनुभवका हिसाबले आफु कान्छो भएको र अहिलेसम्म चुनाव लडेको अनुभव नभएकाले आफुलाई जिताउने हात क्षेत्र नम्बर– २ का आम मतदाता र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमै रहेको उम्मेदवार कोइरालाले बताए ।
यस्तै नेपाली काँग्रेसका युवा नेता एवम् २०७९ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुदिप नरसिंह राणाले देशलाई बचाउन र जनताको हक अधिकार स्थापित गर्नका लागि नेपाली काँग्रेसले जित्नैपर्ने बताए । नेपाली कांग्रेसले योग्य र सक्षम उम्मेदवारका रुपमा शुधान्सु कोइरालालाई उठाएकाले सबैले यसपटक दृढताका साथ संकल्प गरेर निर्वाचित गराउन अपील गरे ।
यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला
यो पनि हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला
यसैगरी नेपाली काँग्रेस क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले राजनीतिमार्फत जनताको सेवा गर्नका लागि शुधान्सु कोइराला अहिले प्रतिनिधि सभा सदस्य पदको सशक्त युवा उम्मेदवार रहेको दाबी गरे । क्षेत्र नम्बर– २ को समग्र विकासका लागि नेपाली कांग्रेसलाई यसपटक निर्वाचित गराउन उनले आग्रह गरेका छन् ।
नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडासभापति ऋचा द्विवेद्धीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काँग्रेस नेता शिवलाल पाण्डे लगायतले युवा उम्मेदवार कोइरालालाई विजयीको अग्रिम शुभकामना दिएका थिए । कार्यक्रममा पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
यसैबीच नेपाली काँग्रेस बाँकेका सचिव समेत रहेका उम्मेदवार कोइरालाले शुक्रबार(आज) नै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१४ को प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आफुलाई निर्वाचित गराएर संसदमा पठाउन मतदातालाई आग्रह गरे ।
यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’
यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना
आफु निर्वाचित भएपछि क्षेत्र नम्बर– २ को विकासमा आफुले नेतृत्व गर्ने प्रतिवद्धता जनाए । निर्वाचनमा सक्षम उम्मेदवारलाई छान्न उनले वडा नम्बर १४ का मतदातालाई पनि आग्रह गरेका छन् ।
नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ का सभापति सञ्जय बर्माको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा महासमिति सदस्य राजकुमार बर्मा, प्रजातन्त्र सेनानी लक्ष्मण बर्मा लगायतले बोलेका थिए । उम्मेदवार कोइरालाले शुक्रबार नै डुडुवा गाउँपालिका वडा नम्बर–२ को बेतहनी, पिप्रहवा र पुर्वबाढी गाउँमा मतदाता भेटघाट गरेका छन् ।
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments