प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता

प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता

नेपालगन्ज १२ माघ : बाँकेमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको आवश्यक पूर्व तयारीका काम तीव्र रुपमा अघि बढेको छ । सम्बन्धित निर्वाचन कार्यालयका अनुसार निर्वाचन व्यवस्थापन, मतदान केन्द्रको तयारी, सुरक्षा प्रबन्ध, निर्वाचन सामग्री वितरण तथा सरोकारवाला निकायसँगको समन्वयलाई प्राथमिकताका साथ तीव्र रुपमा अघि बढाएको हो ।

यो पनि सुधान्सुको उद्घोषः स्वर्गीय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं

निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणसहित मर्यादित ढङ्गले सम्पन्न गराउने लक्ष्यका साथ तयारी अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट गरेको छ । भौगोलिक संरचनाका आधारमा निर्वाचन क्षेत्र नम्बर–२ मा डुडुवा गाउँपालिकाका ६ वटै वडा, २३ वटा वडा रहेका नेपालगञ्ज उपमहानगरपालिकाको १६ र १७ वडा बाहेक सबै वडाहरू समेटिएका छन् ।

निर्वाचन क्षेत्र नम्बर– २ का मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार ५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र ६ जना अन्यसहित कुल एक लाख आठ हजार २९० मतदाता सो क्षेत्रमा रहेका छन् । मतदान प्रक्रियालाई सहज र व्यवस्थित तुल्याउन ४३ वटा मतदान स्थलसहित १२४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको उनले जानकारी दिए ।

यस्तै निर्वाचन क्षेत्र नम्बर– १ का निर्वाचन अधिकृत सरोज वाग्लेका अनुसार कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका तथा नरैनापुर गाउँपालिका अन्तर्गतका सबै वडा उक्त निर्वाचन क्षेत्रमा समावेश छन् । उनका अनुसार यस क्षेत्रमा कुल एक लाख २४ हजार ७२७ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर–१ मा ४८ वटा मतदानस्थलसहित १४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । 

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर–३ का निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार कुल एक लाख १७ हजार ३५४ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५८ हजार ६६४ जना पुरुष र ५८ हजार ६८९ जना महिला मतदाता रहेका छन् ।

यो पनि  जनताको घर–घरमा पुगेर काँग्रेसले मत माग्नुपर्छ : गौडेल

Duduwa Tato hawa Bachau Image

नेपालगन्ज उपमहानगरपालिकाका १६ र १७ वडा, जानकी गाउँपालिकाका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकाका सबै वडाहरु यो निर्वाचन क्षेत्रमा पर्दछ । ४ पालिकाका २४ वडा समेटिएको सो निर्वाचन क्षेत्रम ४८ वटा मतदानस्थल र १३५ वटा मतदान केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए । 

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)

बाँके जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । करिब ९० पृष्ठ लामो आचारसंहितामा निर्वाचन प्रचार–प्रसार, नियमन तथा नियन्त्रणसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।

आचारसंहिताअनुसार निजी सम्पत्तिको दुरुपयोग, कसैको मान–मर्यादा र चरित्रमा आँच पुर्याउने गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने उल्लङ्घन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने व्यवस्था गरिएको जिल्ला निर्वाचनको कार्यालय बाँकेले स्पष्ट गरेको छ ।

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा

निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको पूर्वाग्रही व्यवहार नहुने, सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई समान व्यवहार गरिने तथा आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता

यो पनि बाँके क्षेत्र नम्बर–२ बाट दुई जनाको उम्मेदवारी फिर्ता