काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
नेपालगन्ज २९ माघ : बाँके निर्वाचन क्षेत्र नम्बर–२ का नेपाली काँग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले मतदातासँग भेटघाट तथा घरदैलो अभियान तीब्र बनाएकाछन् ।
उनले निर्वाचन क्षेत्र अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँ–टोलका मतदाताहरुसंग भेट्न घरदैलो गरिरहेका छन् । उम्मेदवार कोइरालाले आज (विहीबार) डुडुवा गाउँपलिकाको वडा नम्बर–२ को बेतहनी, नौरीगौढी र बाणी गाउँका मतदाताहरुसंग भेटघाट गरे ।
भेटघाटका क्रममा स्थानीयले गाउँघरका समस्याका बारेमा कुरा सुनाउँदै समाधानका लागि पहल गर्न अनुरोध गरेका छन् । उनीहरुले गाउँघरमा नाला निर्माण, सांगुरो बाटो निर्माण, खानेपानी धारा, माटो पटान, कृषि सिंचाईको व्यवस्था, मलखादको सहज आपूर्ति, घरमै सामाजिक सुरक्षा भत्ताको वितरण लगायतका सवाल उठाएका थिए ।
यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला
यो पनि हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला
नागरिकका समस्या सुन्दै उम्मेदवार कोइरालाले आफू निर्वाचित भएमा वास्तविक समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गरे । उनले समुदायका समस्यालाई राम्रोसंग बुझेकाले ती समस्या समाधानका लागि नीतिगत रुपमा व्यवस्थापन गर्ने बताए ।
मतदाता भेटघाटका क्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकारको बजेटले पशु, कृषि, स्वास्थ्य शिक्षाको विकास र विकास निमार्णको कार्यलाई प्राथमिकतामा राखेको र ठूलो आकारको बजेटबाट हुने कामका लागि प्रतिनिधि सभामा कोइरालामार्फत आवश्यक पहल गर्ने प्रतिवद्धता गरे ।
यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’
यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना
उम्मेदवार कोइरालाले नेपालगन्ज उपमहानगपालिका र डुडुवाका मतदाताहरुसंग भेटघाट तथा छलफल कार्यक्रमलाई नियमित गर्दै आएको काँग्रेसका युवा नेता रमेश तिमल्सिनाले जानकारी दिए ।
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments