बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)
नेपालगन्ज ७ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि बाँकेको तीनवटै निर्वाचन क्षेत्रमा उत्साहजनकरुपले शान्तिपूर्ण उम्मेदवारी मनोनयन दर्ता गरिएकोछ ।
यो पनि उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बाँकेमा रहेका तीन वटा क्षेत्रमा मंगलबार बिहान १० देखी बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । तीन वटै क्षेत्रमा कुल ६१ जनाले मनोनयन दर्ता गराएका छन् ।
बाँके क्षेत्र नम्बर–१ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार कुल १६ जनाले प्रतिनिधि सभा सदस्य पदमा मनोनयन दर्ता गराएका छन् । यि मध्ये ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा
बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका मिलेर बनेको क्षेत्र नम्बर–१ मा क्रमशः प्रगतिशिल लोकतान्त्रिक पार्टीका कृष्णा केसी, राष्ट्रिय जनमोर्चाका तुलसीराम सापकोटा, स्वतन्त्र उम्मेदवार दीपकबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का दिपक बुढाथोकी, स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा, उज्यालो नेपाल पार्टीका धनबहादुर खड्का, नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र प्रसाद पाण्डे, नेपाली काँग्रेसका नारायणप्रसाद गौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदिपकुमार शाह, स्वतन्त्र उम्मेदवार प्रदिप पौडेल, मंगोल नेशनल अर्गजनाइजेसनबाट फेरु लाल चौधरी, श्रम सँस्कृति पार्टीका भरतनिधि तिवारी, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र कुमार विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका सुर्जा थापा र नेकपा एमालेका सुर्यप्रसाद ढकालले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको १६ र १७ वडाबाहेक सबै तथा डुडुवा गाउँपालिकाका सबै वडा मिलेर बनेको क्षेत्र नम्बर–२ मा कुल २२ जनाको मनोनयन दर्ता भएको छ । उक्त क्षेत्रमा ३ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीले जानकारी दिए ।
क्षेत्र नम्बर–२ मा क्रमशः आम जनता पार्टीका अब्दुल उमर साई, राष्ट्रिय जनमत पार्टीका इरफान अहमद शेख, राष्ट्रिय प्रजातन्त्र पार्टीका ऋषिराज देवकोटा, जनता समाजवादी पार्टी नेपालका कमरुद्धिन राई, जय मातृभूमि पार्टीका गोपाल प्रसाद गिरी, राष्ट्रिय जनमोर्चाका जगदिश ढकाल, नेपाली कम्युनिष्ट पार्टीका दिपेन्द्र बिष्ट, नेपाल मजदुर किसान पार्टीका प्रकाश शाह, नेपाल जनता पार्टीका विजयकुमार गुप्ता, स्वतन्त्र उम्मेदवार मनोजकुमार चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महेन्द्र प्रकाश चन्दले मनोनयन दर्ता गराएका छन् ।
यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता
सोही क्षेत्रबाट प्रगतिशिल लोकतान्त्रिक पार्टीका माजिद अलि शेष, जनमत पार्टीका मो. आजाद साई, नेकपा एमालेबाट मोहम्मद इश्तियाक राई, श्रम सँस्कृति पार्टीका राम चरण चौधरी, स्वतन्त्र उम्मेदवार विपेन्द्र लामा तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ, उज्यालो नेपाल पार्टीका शैलेन्द्रकुमार कर्ण, जनता समाजवादी पार्टीका सरस्वती प्रसाद बर्मा, राष्ट्रिय एकता दलका सिताराम यादव, नेपाली का“ग्रेसका सुधान्सु कोइराला र स्वतन्त्र उम्मेदवार शौभाग्य जंग शाहले मनोनयन दर्ता गराएका छन् ।
यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको १६ र १७ वडासहित जानकी गाउँपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिका मिलेर बनेको क्षेत्र नम्बर–३ मा ५ जना स्वतन्त्र सहित कुल २३ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उक्त क्षेत्रका निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार उक्त क्षेत्रमा क्रमशः नेपाली काँग्रेसका अमरसिंह पुन, श्रम सँस्कृति पार्टीका ओमकार थापामगर, नेपाली कम्युनिष्ट पार्टीका कान्तुराम गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)का चन्द्रविर कामी, स्वतन्त्र उम्मेदवार चेतबहादुर ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारक सिंह थारु, प्रगतिशिल लोकतान्त्रिक पार्टीका तेजप्रसाद भण्डारी, नागरिक उन्मुक्ती पार्टीका धु्रवराज थारु, स्वतन्त्र उम्मेदवार पदमबहादुर घर्ती मगरले मनोनयन दर्ता गराएका छन् ।
यस्तै जनमत पार्टीका फिरोज खाँ, आम जनता पार्टीका विद्या शर्मा, स्वतन्त्र उम्मेदवारद्धय भगवती शाह र भिमबहादुर सुनार, नेपाल मजदुर किसान पार्टीका भुमी महतरा, राष्ट्रिय जनमोर्चाका मनबहादुर सुनार, मंगोल नेशनल अर्गनाइजेसनका मनोज कुमार थारु, राष्ट्रिय जनमत पार्टीका मुबारक अली दर्जी, मितेरी पार्टी नेपालका रुपकुमार चन्द, नेकपा एमालेका सुमन मल्ल, जनता समाजवादी पार्टी नेपालका सुर्यलाल यादव, स्वतन्त्र उम्मेदवार सुर्यप्रसाद रेग्मी र नेपाली कम्युनिष्ट पार्टीका दिपक कुमार गौरी मगरले मनोनयन दर्ता गराएका छन् ।
बाँकेका मुख्य निर्वाचन अधिकृत दीपक कुमार दाहालले तीन वटै क्षेत्रमा शान्तिपूर्ण रुपले मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको बताए । ‘उम्मेदवारहरुले बडो उत्साहजनक रुपले मनोनयन दर्ता गराउनु भयो,’ उनले भने, ‘मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण रुपले सम्पन्न गर्न सबैले सहयोग गर्नु भयो ।’





0 Comments