शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण

जसपाका प्रभावशाली नेतासहित ३५ जना काँग्रेसमा प्रवेश
शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण

नेपालगन्ज ३ फागुन : बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का उम्मेदवार शुधान्सु कोइरालालाई निर्वाचित गराउन नेपाली काँग्रेसप्रति सर्बसाधारण नागरिकको आर्कषण बढ्दै गएको छ । 

काँग्रेसबाट नै देश र बाँके जिल्लाले निकास पाउने ठहर गर्दै विभिन्न पार्टी परित्याग गरेका र स्वतन्त्र व्यक्तिहरु कांग्रेसमा प्रवेश गर्न थालेका हुन् । यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ५ मा शनिबार  ठुलो संख्याका ब्यक्तिहरु काँग्रेसमा प्रवेश गरेका छन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका प्रभावशाली नेताहरु लियाकत खान, अनमर अन्सारी, मुन्ना शेख, आरिफ शेख सहित ३५ जना व्यक्ति काँग्रेसमा प्रवेश गरे । उनीहरुलाई काँग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला, नेता मोहम्मद याकुव अन्सारी, हाजी मोहम्मद कादिर अन्सारी, नेपाली काँग्रेस नेपालगन्ज–५ का वडासभापति मेराज हल्वाई लगायतले स्वागत गरेका थिए ।

यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला

नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–५ को प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कोइरालाले सबै जात, धर्म, समुदाय र लिंगलाई समान ब्यवहार गर्ने पार्टी नेपाली काँग्रेस मात्र भएको बताए । 

पछिल्लो समयमा कतिपयले विभिन्न जात र धर्मको आधारमा राजनीति गरिरहेको देख्दा दुःख लाग्ने गरेको उनले सुनाए । ‘यो स्वर्गीय सुशिल कोइराला लड्ने निर्वाचन क्षेत्र हो, म स्मरण गराउन चाहन्छु, धेरै पार्टीका साथीहरुले जात, धर्म र लिंगको नाममा राजनीति गरेको हामी देख्छौं,’ उम्मेदवार कोइरालाले भने, ‘यो त्यही क्षेत्र हो, जुन क्षेत्रबाट आदरणीय सुशिल कोइरालाले मुस्लिम समुदायका कति साथीहरुलाई सांसद बनाउनुभयो, तर, अरु दललाई हेर्नुस्, धर्मको नाममा राजनीति गर्ने र आफु मात्रै नेता भईराख्ने प्रवृत्ति छ ।’

यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै 

नेपाली काँग्रेसले बाँके जिल्लाबाट मेराज अहमद साह, मोहम्मदी सिद्धिकी र अब्दुल हमिद सिद्धिकी ‘भोला’ लाई सांसद बनाएर उदाहरण प्रस्तुत गरेको उनले प्रष्ट्याए । आफु नेता नभई सेवक बनेर जनताको काम गर्ने प्रतिवद्धता जनाउँदै उम्मेदवार कोइरालाले भने, ‘म चुनाव जितेपनि, हारेपनि तपाईहरुको सेवक बनेर काम गर्नेछु, तपाईहरुको आर्शिवादले म अगाडी बढ्नेछु ।’ जेन–जी युवाहरुले २००७ सालदेखी हालसम्म नेपाली काँग्रेसले पुर्याएको योगदानलाई अध्ययन गर्न जरुरी रहेको उनले बताए । नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेपाली काँग्रेसमा मात्र राजनीतिक भविष्य रहेको कुरा औल्याए ।

नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ५ का वडा सभापति मेराज हल्वाईको सभापतित्वमा आयोजित उक्त कार्यक्रमलाई नेपाली काँग्रेसकी नेतृ एवम् लुम्बिनी प्रदेश सभाकी सांसद सुशिला नेपाली (वादी), काँग्रेस नेता एवम् लुम्बिनी प्रदेशका पुर्वसांसद मोहम्मद याकुव अन्सारी, काँग्रेस नेता एवम् मुस्लिम अगुवा हाजी मोहम्मद कादिर अन्सारी, पार्टीका महासमिति सदस्य एवम् नेपालगन्ज उपमहानगरपालिकाका पुर्वउपमेयर उमा थापामगर लगायतले उम्मेदवार कोइरालालाई जितको अग्रिम शुभकामना दिएका थिए ।

यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला 

यो पनि  हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला 

यसैबीच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० मा पार्टीको प्रचार–प्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई शनिबार नै सम्बोधन गर्दै उम्मेदवार कोइरालाले देशमा हुदै आएका हरेक क्रान्ति र परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको बताए । 

नेपालगन्ज–१० का स्थानीय बासिन्दा समेत रहेका उम्मेदवार कोइरालाले भने, ‘सादगी नेता स्वर्गीय सुशिल कोइरालाको यही वडाबाट हामी चार तारे झण्डा फहराउनेछौं, नेपाली कााग्रेसले हरेक पटक परिवर्तनको निम्ति क्रान्ति गरेको छ, परिवर्तनका निम्ति लडेको छ ।’

Duduwa Tato hawa Bachau Image

विभिन्न पार्टी र ब्यक्तिले जेन–जी युवाहरुको भावनालाई समेटेर भ्रामक समाचार फैलाइरहेको भन्दै भ्रममा नपर्न उनले सबैलाई अपिल पनि गरे । ‘हामी नै हौं जेनजीहरुको नेतृत्व गर्ने भनेर विभिन्न पार्टी र व्यक्तिले जेन–जीको भावनालाई समेटेर विभिन्न भ्रामक समाचार फैलाइरहेको कुरा सुनिरहेका छौं, तर कोही पनि भ्रममा नपर्नुस्, जेन–जीको भावना अनुसार आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पार्टी नेपाली काँग्रेस मात्र हो ।’

यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’

यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’

यो पनि जेनजी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली काँग्रेस हो : उम्मेदवार कोइराला 

यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना 

जेनजीको भावना अनुसार नेपाली काँग्रेसले आफ्नो नीति मात्रै परिवर्तन नगरेर युवा नेता गगन थापालाई नेतृत्वमा पुर्याएको कोइरालाले प्रष्ट्याए । काँग्रेसले जेन–जीको भावना अनुसार यसपटकको निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६ ठाउँमा आफु जस्ता नयाँ अनुहारलाई उम्मेदवार बनाएको जानकारी दिए । ‘जेन–जीले उठाएका मागहरु ठिक थिए, भ्रष्टाचारको अन्त्य गर्न माग गरेका थिए, जेन–जीको काँधमा बन्दुक राखेर भोलिपल्ट देश जलाउने काम भयो,’ कोइरालाले थपे ।

नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १० का कार्यबाहक सभापति राकेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेसकी निर्वतमान केन्द्रिय सदस्य रंगमति शाही, काँग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, महासमिति सदस्य भारती जोशी, युवा नेता शिवराज सिग्देल लगायतले उम्मेदवार कोइरालालाई जितको शुभकामना दिएका थिए । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–२ सचिवालयका अनुसार उम्मेदवार कोइरालाले शनिबार नै नेपालगन्ज र डुडुवाका विभिन्न स्थानमा घरदैलो तथा भेटघाट गरेका छन् ।

यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता 

यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा