भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता

भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता

नेपालगन्ज ५ फागुन : नेपाली काँग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले भ्रष्टाचारका विरुद्ध युवालाई साथ लिएर आफूले सधैं आवाज उठाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । 

नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–८ मा मंगलबार (आज) प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै गर्दा कलिला भाईबहिनीले सहादत प्राप्त गरेको स्मरण गर्दै जेननी युवाहरुलाई साथमा लिएर नै भ्रष्टाचारका विरुद्ध आफू सडक र सदनमा बोलिरहने बताए ।

यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’

भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै गर्दा जेनजी आन्दोलनका क्रममा नेपालगन्जका दुई जना भाईहरु शुलभराज श्रेष्ठ र आयुष थापाले सहादत प्राप्त गर्नुभयो, म उहाँहरु दुबै जनाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ उम्मेदवार कोइरालाले भने, ‘युवा भाईबहिनीहरुले बगाएको रगतलाई म कत्ति पनि खेर जान दिने छैन, म युवाहरुलाई साथमा लिएर भ्रष्टाचार विरुद्ध आवाज उठाउनेछु, सुशासन कायम गराउन नेतृत्व गर्नेछु ।’ 

यो पनि  काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्

जेनजी आन्दोलनका क्रममा देशले माओवादी द्वन्दको बेला भन्दा पनि अझ दर्दनाक रुपले क्षति ब्यहोरेको उनले स्मरण गरे । नेपाली कांग्रेसले जेनजी आन्दोलन र जेनजी युवाहरुको भावनालाई समेटेर आफ्नो नीति र नेतृत्व परिवर्तन गरिसकेको नेपाली काँग्रेस बाँकेका सचिव समेत रहेका युवा उम्मेदवार कोइरालाले प्रष्ट्याए । प्रतिनिधि सभा निर्वाचनपछि बन्ने सरकारमा नेपाली काँग्रेसले युवाहरुका लागि स्वरोजगार लगायतका विषयमा ठोस योजना ल्याउने उनले बाचा गरे ।  

यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील

नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको निर्वाचन क्षेत्र रहेको बाँके–२ मा उम्मेदवार बन्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउँदै उनले भने, ‘नेपाली काँग्रेसका सम्पूर्ण अग्रज नेता गणहरु, संगठनभित्र र बाहिरबाट पनि हाम्रो यस अभियानमा साथ दिनुभएको छ, सबैलाई म सम्मान गर्न चाहन्छु, मलाई निर्वाचित गराउनु भयो भने हजुरहरुको भावनालाई संसदमा पेश गर्नेछु, हजुरहरुलाई कहिल्यै पनि निराश हुन दिने छैन ।’ 

यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद

सादगी, त्यागी र निष्ठाका प्रतिक स्वर्गीय कोइरालाले जस्तै आफूले पनि कुनै दाग लाग्न नदिने उनले अठोट गरे । नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ८ का सभापति निजामुद्धिन सिद्धिकी ‘मुन्ना’ को सभापतित्वमा सम्पन्न भएको प्रचा– प्रसार कार्यालय उद्घाटनका क्रममा पार्टीका नेता प्रह्लाद लखेरले उम्मेदवार कोइरालाई मतदान गरेर जिताउन सबै वडाबासीलाई अपिल गरेका थिए । 

Duduwa Tato hawa Bachau Image

कार्यक्रममा महासमिति सदस्य निरञ्जन सिंह सिंजापति, लुम्बिनी प्रदेशका सांसदद्वय मिना सिद्दिकी र सुशिला नेपाली, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपाली काँग्रेसका नेता हेमन्त कर्माचार्य, महाधिवेशन प्रतिनिधि मुकुन्द केसी, जिल्ला कार्यसमिति सदस्य अशोक श्रेष्ठ, तरुण दल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाह, नेपालगञ्ज ५ का काँग्रेस वडा सभापति मेराज हलवाई लगायतको उपस्थिति रहेको थियो ।

यो पनि  शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण

उम्मेदवार कोइरालाले मंगलबार नै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ पिप्रहवा चोकमा प्रचार–प्रसार कार्यालय उ द्घाटन, डुडुवा गाउँपालिका वडा नम्बर–२ बेतहनी चोकमा वडा स्तरीय भेला, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–९ मा प्रचार–प्रसार कार्यालय उद्घाटन र घरदैलो तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–३ मा पनि प्रचार–पण््रसार कार्यालय उद्घाटन र घरदैलो गरेको नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–२ को सचिवालयले जनाएको छ ।

यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला 

यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै 

यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला 

यो पनि  हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला 

यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’

यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’

यो पनि  जेनजी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली काँग्रेस हो : उम्मेदवार कोइराला 

यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना 

यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता 

यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा