‘लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव’–कोइराला

‘लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव’–कोइराला

नेपालगन्ज १३ फागुन : नेपाली काँग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता नै शक्तिशाली रहेको बताएका छन् । बाँके क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहेका कोइरालाले बुधबार अपरान्ह घरदैलोका क्रममा जनताले चाहेपछि जस्तोसुकै परिवर्तन सम्भव हुने बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१९, वडा नम्बर–९ र वडा नम्बर–१३ मा घरदैलो गर्ने क्रममा उनले लोकतन्त्रका लागि नेपाली काँग्रेस राणा शासनदेखि नै लड्दै आएको स्मरण गरे । जनता शक्तिशाली भएपछि मात्र देश बलियो हुने उनको धारणा छ । नेपाली काँग्रेसको नेतृत्वमा हरेक आन्दोलन र परिवर्तन भएको उल्लेख गर्दै काँग्रेसले परिवर्तनको नेतृत्व गर्दा जनताले सधैं साथ दिँदै आएको बताए ।

यो पनि असल जनप्रतिनिधिको भुमिका निर्वाह गर्न कोइरालालाई सुझाव

यो पनि मेरो राजनीतिक संस्कार र पार्टीको मुद्दा नै मेरो चुनाव जित्ने जग हो : कोइराला

यो पनि बाँके–२ मा सुधान्शु कोइरालाको संकल्पपत्र सार्वजनिकः भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताको नीति 

यो पनि शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन 

यो पनि काँग्रेस उम्मेदवार कोइराला मतदाताकै घर–दैलोमा ब्यस्त, आज संकल्पपत्र सार्वजनिक गर्दै 

बाँकेको क्षेत्र नम्बर–२ का मतदाताले दिएको आफ्नो अमूल्य मतबाट विगतमा नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री भई संविधान निर्माणको नेतृत्वसँगै बाँकेमा ठूला विकास योजनाहरु ल्याएको बताए । 

स्वर्गीय कोइरालाकै पहलबाट भित्रिएको एशियाली विकास बैंक (एडिबी) ले बाँकेको क्षेत्र नम्बर–२ सडक, ढल तथा नाला निर्माणको काम गर्न सम्भव भएको बताए । यस्तै सिक्टा सिंचाई आयोजना, भेरी अस्पतालको स्तरोन्नति, मेडिकल कलेज, भेरी प्राविधिक शिक्षालय स्थापना लगायतका कामहरु भएको स्मरण गराए । 

यो पनि  उम्मेदवार शुधान्सुका लागि मतदाताले नै मत माग्दै

यो पनि  कोइरालालाई सहयोग गर्ने बाल्मिकी समुदायको प्रतिवद्धता 

यो पनि घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित 

यो पनि  मतदाता भन्छन्–‘काँग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं’

यो पनि सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”

उनले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा पनि यस क्षेत्रका मतदाताले स्वर्गीय सुशील कोइरालाको योगदानलाई स्मरण गरेर कांग्रेसलाई जिताउनेमा आफू विश्वस्त रहेको बताए । सो क्रममा मतदाताहरुले स्वर्गीय सुशील कोइरालाको योगदानलाई आफूहरुले स्मरण गरिरहेको भन्दै यस पटक काँग्रेसले नै क्षेत्र नम्बर–२ मा आफ्नो अस्तित्व फर्काउने निश्चित रहेको बताएका थिए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१९ मा भएको घरदैलोका क्रममा वडा सभापति जंगली बढई, उम्मेदवार कोइराला, पार्टीका महासमिति सदस्य निरञ्जनसिंह सिजापति, मोहम्मद याकुव अन्सारी, नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य दिक्षा कोइराला, नेपाली काँग्रेसकी नेतृ एवम् लुम्बिनी प्रदेश सभा सदस्य माया पुन मगर, मिना सिद्धिकी, सुशिला नेपाली, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, युवा नेता बीरेन्द्र बहादुर शाह, पार्टीका नगर उपसभापति धनराज बर्मा, नेपालगन्ज–१९ निवासी पार्टीका नेता बफाती बेहना लगायतको उपस्थिति रहेको थियो ।

यो पनि जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव

यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता

यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला

यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता

यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने

यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्

Duduwa Tato hawa Bachau Image

यस्तै नेपालगन्ज–९ मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित वडा सभापति अकबर शेख ‘गुड्डु’, पार्टीका जिल्ला सदस्य पुष्पा शुक्ला, युवा नेता रमेश तिमिल्सिना, सुर्य धिताल, धर्मेन्द्र धिताल, चेतनारायण शर्मा लगायतको उपस्थिति रहेको थियो । 

यसैगरी नेपालगन्ज–१३ मा बुधबार बेलुका भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासँगै वडा सभापति शालिकराम शाह, पार्टीका लुम्बिनी प्रदेश कार्यसमिति सदस्य दिक्षा कोइराला, युवा नेता एवम् तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र बहादुर शाह, काँग्रेस नेतृ मञ्जु शाह, अनुजा राठौर, पार्टीका क्षेत्र, नगर र वडा स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता 

यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’

यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील

यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद 

यो पनि  शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण 

यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला 

यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै 

यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला 

यसअघि बुधबार बिहान उम्मेदवार कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१, वडा नम्बर–५ र वडा नम्बर–६ मा पनि घरदैलो गरेका थिए । उक्त वडाहरुमा क्रमशः वडा सभापति सतिश कुमार सोनी, मेराज हल्वाई, जमालुद्दिन बागवान लगायतको नेतृत्वमा घरदैलो गरिएको थियो ।

यो पनि  हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला 

यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’

यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’

यो पनि  जेनजी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली काँग्रेस हो : उम्मेदवार कोइराला 

यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना 

यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता 

यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा