जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता

जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता

नेपालगन्ज ७ फागुन : नेपाली काँग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले आफुले जनमतको सधैं कदर गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ मा बिहीबार(आज) बिहान भएको घरदैलोका क्रममा उनले जनताको मतबाट आफु निर्वाचित भएपछि जनताको काममा समय खर्च गर्ने बताए । 

‘तपाईहरुले मलाई यसपटक विश्वास गरेर आफ्नो अमुल्य मत दिनुहोस्,’ कोइरालाले भने, ‘तपाईहरुको मतलाई म कत्तिपनि खेर जान दिनेछैन, म जनमतको सधैं कदर गर्नेछु ।’ 

सो क्रममा उम्मेदवार कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ अन्तरगत रहेका बिशाल चोक, संगम नगर, कारकाँदो लगायत क्षेत्रमा घरदैलो गरेका थिए । 

यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने

घरदैलोका क्रममा मतदाताहरुबाट पाएको मायाले आफु एकदमै उत्साहित भएको कोइरालाले बताए । ‘मलाई तपाईहरुले जसरी माया गरेर संसदमा पठाउँदै हुनुहुन्छ, मैले पनि तपाईहरुको भावनाहरुलाई सडक र सदनमा बोलिरहनेछु,’ उनले भने । सो क्रममा मतदाताहरुले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ का अधुरा कामहरु पुरा गरिदिन र उपमहानगरलाई सुन्दर शहरको रुपमा विकास गर्नका लागि नेतृत्वदायी भूमिका निभाउन सुझाव दिएका थिए ।

यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्

Duduwa Tato hawa Bachau Image

नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ सभापति जगदिश बर्माको नेतृत्वमा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, पार्टीका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी ‘पप्पु’, युवा नेता सानु बर्मा, रामबहादुर भण्डारी, रामचन्द्र बर्मा, केशु पोख्रेल, पूर्णिमा कटुवाल लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता 

यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’

यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील

यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद 

यो पनि  शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण 

यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला 

यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै 

यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला 

यो पनि  हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला 

यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’

यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’

यो पनि  जेनजी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली काँग्रेस हो : उम्मेदवार कोइराला 

यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना 

यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता 

यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा