बाँके निकुञ्जमा बर्षेनी पर्यटकको सङ्ख्या बढ्दो

एक हजार ४६६ जना पर्यटकले निकुञ्जको भ्रमण गरे
बाँके निकुञ्जमा बर्षेनी पर्यटकको सङ्ख्या बढ्दो

नेपालगन्ज ११ साउन : बाँके राष्ट्रिय निकुञ्जमा बर्षेनी पर्यटकको सङ्ख्या बढ्दोक्रममा पाइएकोछ । बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा आर्थिक गतिविधि समेत बढेर आएकोछ ।

विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले वि.सं. २०६७ असार २८ गते स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको हो । 

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पाटेबाघसहित अन्य वन्यजन्तु अवलोकनका लागि आर्थिक वर्ष २०८२/०८३ मा एक हजार ४६६ जना पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।

यो पनि बाँके राष्ट्रिय निकुञ्ज : बाघ संरक्षणमा सफल

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ६२० जना पर्यटकले मात्र अवलोकन गरेकोमा गत आवमा सो सङ्ख्या डेढ गुणाभन्दा बढीले वृद्धि भएको कँडेलले जानकारी दिए । 

यो पनि बाँके निकुञ्जको प्रबर्द्धन गर्न नाट्टाको जीप सफारी

त्यसअघिको आर्थिक वर्ष २०८०/०८१ मा ४४४ जना पर्यटक निकुञ्ज पुगेका थिए । पर्यटकको आगमन यसरी बढ्नु निकै सकारात्मक सङ्केत भएको र सरोकारवाला निकायले ध्यान दिएमा यो सङ्ख्या अझै बढ्ने उनको भनाइ छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा वनभोज लगायतका क्रियाकलापमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरे पनि वन्यजन्तुको बासस्थान रहेको मुख्य क्षेत्रमै पुगेर अवलोकन गर्नेको सङ्ख्या एक हजार ४६६ पुगेको हो । ती पर्यटकहरू मध्यवर्ती क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) तथा नेपालगन्ज र कोहलपुरका होटलमार्फत सफारीका लागि पुगेका हुन् ।

यो पनि  जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल

पर्यटकका लागि होमस्टे तथा होटल व्यवसायीले सफारी गाडीको सङ्ख्या बढाउन सके निकुञ्ज घुम्नेको सङ्ख्या अझै वृद्धि हुने अधिकृत कँडेल बताउँछन् । बाँके क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य सुरेश चौधरीले बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन प्रचारप्रसार र पर्यटन सम्बन्धी गतिविधि बढाउनुपर्नेमा जोड दिए ।

यस्तै कोहलपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख सङ्गीता सुवेदीले निकुञ्जको ‘ब्राण्डिङ’ गर्नुपर्ने बताइन् । गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी र नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले पनि निकुञ्जको थप प्रचारप्रसार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

यो पनि पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक 

Duduwa Tato hawa Bachau Image

वि.सं. २०६७ असार २८ गते स्थापित यो निकुञ्ज नेपालगन्ज विमानस्थलबाट १६ किलोमिटरको दुरीमा रहेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेकाले स्थल र हवाई दुवै मार्गबाट यहाँ सहजै पुग्न सकिन्छ ।

यो पनि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रर्बद्धन गर्न जंगल सफारी 

यो पनि कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

बाँके निकुञ्जमा अहिले २५ वटा वयस्क पाटेबाघसहित चितुवा र अन्य वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको छ । यहाँ ३४ प्रजातिका स्तनधारी, २७६ प्रजातिका चरा, २४ प्रजातिका सरिसृप, नौ प्रजातिका उभयचर र ५५ प्रजातिका माछा गरी कुल ४२२ प्रजातिका प्राणी पाइन्छन् ।

यो पनि बाघलाई ‘होल्डिङ केज’मा राख्दा व्यवस्थापन चुनौतीपूर्ण

यो पनि मानव–वन्यजन्तु द्वन्द्व बढ्दो चुनौती

यो पनि  पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपालगन्जमा गरिदै ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’