सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल
नेपालगन्ज १४ फागुन : नेपाली काँग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले देशले सुशासन खोजिरहेको बताएका छन् ।
सुशासनको अनुभूति दिलाउन काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको उनको भनाई छ । जानकी–३ मानपुरमा बिहीबार आयोजित नेपाली कांग्रेस बाँकेको वृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले कुशासनको अन्त्य गर्दै सुशासन कायम गर्न काँग्रेसलाई विजयी गराउन मतदातासँग आग्रह गरे ।
‘देशले सुशासन खोजेको छ, त्यसको अनुभूति काँग्रेसले मात्र गराउँछ’–गौडेलले भने । गौडेलले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न समस्या औंल्याउँदै बाँके राष्ट्रिय निकुञ्जका कारण मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा पीडित रहेको बताए ।
यो पनि नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’
यो पनि नरैनापुरमा काँग्रेसप्रति बढ्दो उत्साहः ‘रुख चिन्ह’ मा भरोसा फर्किएको छः गौडेल
यो पनि नरैनापुरको शैक्षिक सुधार प्राथमिकतामा छः गौडेल
यो पनि ‘बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ’ : गौडेल
त्यस्तै राप्ती नदीको कटानले बस्ती तथा खेतीयोग्य जमिनमा क्षति पुगेको उनको भनाई थियो । उनले २०५६ साल यता बाँके क्षेत्र नं. १ का समस्या संसदमा प्रभावकारी रुपमा उठ्न नसकेको उल्लेख गर्दै नागरिकका आवाज संसदसम्म पु¥याउन काँग्रेसलाई जिताउनुपर्ने बताए । ‘जनताका समस्या राख्न संसदमा हाम्रो प्रतिनिधित्व आवश्यक छ’–उनले भने ।
यो पनि बाँके क्षेत्र नम्बर–१ का काँग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता–पत्र सार्वजनिक
यो पनि विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल
यो पनि काँग्रेसलाई मत दिनुहोस्, विश्वास टुट्न दिने छैनः गौडेल
यो पनि काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा
यो पनि जनताको पीर–मर्का बुझ्ने पार्टी काँग्रेस होः गौडेल
यो पनि राप्तीसोनारीमा काँग्रेसका उम्मेदवार गौडेलको घरदैलो तीव्र
यो पनि गौडेलले सुरु गरे राप्तीसोनारीमा घरदैलो, मतदाता उत्साहित
भूमिहीन, सुकुम्बासी तथा मुक्तकमैया समुदायका समस्या समाधानमा आफूले पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले मुक्तकमैयाले बैंकबाट ऋण नपाएको समस्या समाधान गर्ने बताए । आफू गरिब तथा विपन्न वर्गको पक्षमा उभिने ‘भुइँमान्छे’ भएको उनको भनाई थियो । गौडेलले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा एशियाली विकास बैंक (एडिबी) परियोजनामार्फत नेपालगन्जको विकास भएको स्मरण गराउँदै बाँके क्षेत्र नं. १ मा काँग्रेसको प्रतिनिधित्व नहुँदा विकास पछि परेको दाबी गरे ।
कार्यक्रम नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । सभालाई काँग्रेस सभापति गगन कुमार थापा, उपसभापति पुष्पा भुसाल, लुम्बिनी प्रदेश सभापति तथा बाँके–३ का उम्मेदवार अमर सिंह पुन, प्रदेश उपसभापति राजु खनाल, बर्दिया–१ का उम्मेदवार संजय गौतम र बाँके–२ का उम्मेदवार शुधान्सु कोइराला लगायतले पनि सम्बोधन गरेका थिए । उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सञ्जु कुमारी चौधरीले गरेकी थिइन् ।
यो पनि गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व
यो पनि ‘मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन’ : नारायण गौडेल
यो पनि केसी र खत्रीसँगै फिल्डमा उत्रिँदा गौडेलको पक्षमा बढ्यो जनलहर
यो पनि गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
यो पनि रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन
यो पनि कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको चुनावी भेटघाट
यो पनि गौडेललाई अगाडि राखेर थारु अगुवाहरुले भने–‘हाम्रो साथ काँग्रेसलाई छ’
यो पनि ‘काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्छ’ : गौडेल
यो पनि जनताको घर–घरमा पुगेर काँग्रेसले मत माग्नुपर्छ : गौडेल
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)
यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता





0 Comments