बाँके क्षेत्र नम्बर–१ का काँग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता–पत्र सार्वजनिक

बाँके क्षेत्र नम्बर–१ का काँग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता–पत्र सार्वजनिक

बाँके(कुसुम) ११ फागुन : नेपाली काँग्रेसले बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर–१ का उम्मेदवार नारायणप्रसाद गौडेलको प्रतिवद्धता–पत्र सार्बजनिक गरेको छ ।

‘बदल्यौं काँग्रेस, बदल्छौं देश’ भन्ने संकल्पका साथ राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ कुसुममा सोमबार एक औपचारिक कार्यक्रमका बीच उक्त पत्र सार्वजनिक गरिएको हो । 

नेपाली काँग्रेस क्षेत्र नम्बर–१ का सभापति पोषणराज केसीको सभापतित्व एवम् काँग्रेस बाँकेका सभापति एवम् उम्मेदवार गौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले स्वागत गर्दै उद्देश्यमाथी प्रकाश पारेका थिए । 

यो पनि विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल

उम्मेदवार गौडेलले आफ्नो प्रतिवद्धतामा सुशासन पारदर्शिता र जनउत्तरदायी शासन ब्यवस्था, शिक्षा र स्वास्थ्य, पुर्वाधार र शहरी विकास, कृषि उद्योग ब्यापार र रोजगारी, युवा तथा खेलकुद, महिला असहाय बालबाबालिका जेष्ठ नागरिक तथा सिमान्तकृत समुदाय, सँस्कृति पर्यटन वन तथा वातावरण, खानेपानी तथा सरसफाई, सञ्चार तथा पत्रपत्रिका लगायत विषयहरुलाई मुख्य रुपमा समेटेका छन् ।

प्रतिवद्धता पत्रमा भ्रष्टाचार मुक्त शासन ब्यवस्था स्थापित गर्ने र भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अपनाइने, संघीय बिद्यालय शिक्षा ऐन जारी गर्न पहल गरिने, बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ लाई शिक्षाको हवको रुपमा विकास गर्न नीति लिइने, कोहलपुर नगरपालिकाको रिङरोडलाई पूर्णता दिइने र कोहलपुरलाई यस क्षेत्रको ब्यवस्थित शहरको रुपमा विकास गर्न आवश्यक पहल गर्ने उल्लेख गरिएको छ ।

यो पनि काँग्रेसलाई मत दिनुहोस्, विश्वास टुट्न दिने छैनः गौडेल

यस्तै बजेट विनियोजन भईसकेको राप्ती सोनारीको बैजापुर कुम्भरदेखी नरैनापुर जोड्ने बाटो तत्काल निर्माण प्रक्रियामा अगाडी बढाउन पहल गरिने, कृषकलाई मल बीउ र औजार सहज रुपमा उपलब्ध गराउन पहल गरिने, राप्ती सोनारी र नरैनापुरमा रहेका रंगशालाको स्तरोन्नतीका साथै ब्यवस्थित गर्न पहल गरिने लगायत रहेका छन् । 

यो पनि काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

यो पनि जनताको पीर–मर्का बुझ्ने पार्टी काँग्रेस होः गौडेल

यो पनि राप्तीसोनारीमा काँग्रेसका उम्मेदवार गौडेलको घरदैलो तीव्र 

यो पनि  गौडेलले सुरु गरे राप्तीसोनारीमा घरदैलो, मतदाता उत्साहित

यो पनि गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व

यो पनि ‘मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन’ : नारायण गौडेल 

यो पनि  केसी र खत्रीसँगै फिल्डमा उत्रिँदा गौडेलको पक्षमा बढ्यो जनलहर

यो पनि गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन 

यो पनि रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन

यो पनि कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको चुनावी भेटघाट

Duduwa Tato hawa Bachau Image

उक्त कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का निर्वतमान सभापति माधवराम खत्री, पुर्वसभापति कृष्णप्रसाद पौडेल, महाधिवेशन प्रतिनिधि यमबहादुर खड्का, काँग्रेस प्रदेश सभा–१ ‘क’ का सभापति अमरबहादुर बुढाथोकी, राप्ती सोनारीका सभापति भिमबहादुर रानाक्षेत्री, नेपाली काँग्रेस राप्ती सोनारी–१ का वडासभापति मोहनराज डाँगी, नेपाल शिक्षक संघ बाँकेका पुर्वअध्यक्ष रुद्रबहादुर ओली, तरुण दल क्षेत्र नम्बर–१ का सभापति दिग्विजय राणा लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव जयश्वर पौडेलले गरेका थिए ।

यो पनि गौडेललाई अगाडि राखेर थारु अगुवाहरुले भने–‘हाम्रो साथ काँग्रेसलाई छ’ 

यो पनि ‘काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्छ’ : गौडेल

यो पनि जनताको घर–घरमा पुगेर काँग्रेसले मत माग्नुपर्छ : गौडेल

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता