गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
कोहलपुर ३ फागुन : बाँके क्षेत्र नम्बर–१ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलप्रति मतदाताको आकर्षण क्रमशः बढ्दै गएको देखिएको छ ।
चुनावी माहोलसँगै गाउँघरका चोक–गल्लीमा नयाँ आशा र अपेक्षाको स्वर सुनिन थालेको छ, जसको केन्द्रमा छन् गौडेल र उनको नेतृत्वमा देखिएको ‘नयाँ काँग्रेस’ को छवि ।
आईतबार उनले कोहलपुर नगरपालिकाका तीन वटा वडामा घरदैलो गरे । वडा नम्बर–६ को बुद्धचौक, वडा नम्बर–७ को लखनवार र वडा नम्बर–११ मा पुगेका गौडेलले घरघर पुगेर मतदातासँग संवाद गरे, उनीहरुको समस्या सुने र समाधानका प्रतिबद्धता जनाए । घरदैलोका क्रममा स्थानीय बासिन्दाले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीका समस्याहरु खुलस्त राखे । धेरैले स्थानीय स्तरमा भएका काममा निरन्तरता नआएको, योजनाहरु अधुरै छोडिएको र समन्वयको अभाव रहेको गुनासो गरे ।
यो पनि रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन
गौडेलले प्रत्येक घरमा पुगेर ती समस्या सुनेपछि आफू निर्वाचित भए विकास निर्माणलाई प्राथमिकता दिने र जनतासँग नियमित संवाद गर्ने वाचा गरे । उनले भने, ‘विकास योजनालाई कागजमा होइन, व्यवहारमा देखाउने समय आएको छ ।’ उनले बदलिएको काँग्रेसले जनताको बीचमा बसेर काम गर्ने विश्वास दिलाए ।
वडा नम्बर–७ लखनवारमा घरदैलोका क्रममा भेटिएका स्थानीय दलबहादुर ओलीले आफ्नो धारणा राख्दै भने,‘सधैं २००७ सालको काँग्रेसको कुरा गरेर हुँदैन, अब २०९० सालको काँग्रेस चाहिन्छ ।’ उनले पार्टीभित्र पछिल्लो समय आएको नयाँ सोच र नेतृत्व परिवर्तनले आफू जस्ता मतदातामा आशा पलाएको बताए । विशेष गरी गगन कुमार थापाको नेतृत्व उदय भएपछि पार्टीभित्र ऊर्जा आएको र जनतामा पनि उत्साह देखिएको उनको भनाई थियो ।
यो पनि कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको चुनावी भेटघाट
ओलीले थपे, ‘अब हामीलाई भविष्य देखाउने काँग्रेस चाहिएको छ, अहिलेको नेतृत्वमा त्यो सपना देख्न पाएको छु ।’ उनले यस पटक आफूले मात्र नभएर लखनवार नजिकै रहेको पर्सादीपुर टोलबासीले नै गौडेललाई मतदान गर्ने प्रतिवद्धता जनाए ।
यस्तै अर्का स्थानीय कमानसिंह चौधरीले करिब एक दशकपछि फेरि रुख चिन्हमा मतदान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘गौडेल जस्तो सादगी नेता पाउनु यो क्षेत्रका लागि भाग्यको कुरा हो ।’ चौधरीले नेताहरुले जितेपछि जनता बिर्सने प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दिँदै गौडेललाई जनतासँग निरन्तर जोडिन आग्रह गरे ।
यो पनि गौडेललाई अगाडि राखेर थारु अगुवाहरुले भने–‘हाम्रो साथ काँग्रेसलाई छ’
घरदैलो अभियानमा सहभागी काँग्रेस नेता फुलाराम थारुले गाउँघरमा जनताको प्रतिक्रिया उत्साहजनक रहेको बताए । उनका अनुसार, मतदाताले मुलुकको विकासका लागि काँग्रेसको विकल्प नभएको धारणा राखिरहेका छन् । थारुले भने, ‘घरदैलोमा जाँदा मानिसहरुमा आशा देखिन्छ । उनीहरु स्थिरता, विकास र सुशासनका लागि काँग्रेसलाई नै रोज्न चाहन्छन् ।’ गौडेलको घरदैलो अभियानले एकातिर जनताको समस्या नजिकबाट बुझ्ने अवसर दिएको छ भने अर्कोतर्फ मतदाताले पनि आफ्नो आवाज प्रत्यक्ष रुपमा उम्मेदवारसमक्ष राख्न पाएका छन् ।
यो पनि ‘काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्छ’ : गौडेल
यो पनि जनताको घर–घरमा पुगेर काँग्रेसले मत माग्नुपर्छ : गौडेल
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)
यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता





0 Comments