बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता
नेपालगन्ज ६ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेकोछ ।
बाँकेको तीन वटा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर–१ मा नेपाली काँग्रेस बाँकेका जिल्ला सभापति नारायण प्रसाद गौडेल, क्षेत्र नम्बर–२ मा काँग्रेस बाँकेका जिल्ला सचिव सुधान्सु कोइराला र क्षेत्र नम्बर–३ मा काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सशरीर उपस्थित भई आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
काँग्रेस बाँके सभापति गौडेलले २०७४ सालमा प्रदेश सभा–१ ‘ख’ को उम्मेदवार भएपनि उनी उपविजेता भएका थिए । त्यो बेला तत्कालिन बाम गठबन्धनका उम्मेदवार आरती पौडेल विजयी भएकी थिइन ।
यस्तै काँग्रेस बाँकेका जिल्ला सचिव सुधांसु कोइराला नेपाली काँग्रेस बाँकेका पुर्बसभापति एवम पुर्बप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका सहोदर भाईका छोरा हुन् । उनका बुवा स्वर्गीय डा. अरुण कोइराला र आमा किरण कोइराला काँग्रेस बाँकेका पुर्बसभापति हुन् । सुधान्सु पहिलो पटक चुनाव लड्न लागेका फ्रेस युवा उम्मेदवार हुन् ।
यसैगरी बाँके क्षेत्र नम्बर–३ मा काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएकाछन् । उनी पहिलोपटक बाँकेबाट उम्मेदवारी दर्ता गराएर चुनावमा होमिएकाछन् । उम्मेदवारी दर्ता गर्नेक्रममा काँग्रेस नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।





0 Comments