रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन

रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन

कोहलपुर, ३ फागुन : कोहलपुर नगरपालिका वडा नम्बर ६, बुद्धचोककी शान्ति पुन यो पटक रुख चिन्हमा भोट हाल्न पाउने भएपछि निकै खुसी देखिएकी छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनका कारण उनले रुख चिन्हमा भोट हाल्ने अवसरबाट वञ्चित हुनुपरेको थियो । 

आईतबार घरदैलो अभियानका क्रममा बुद्धचोक पुगेका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेलसँग कुरा गर्दै उनले भनिन्,‘यो पटक काँग्रेसले रुखमै मत हाल्ने सुनिश्चितता गरेकोले भोट तपाईंलाई दिन्छौं ।’ जेनजी आन्दोलनपछि काँग्रेस बदलिएर आएकोमा समेत उनी उत्साहित देखिएकी थिइन् । 

उनले भनिन्,‘काँग्रेस नवजवानहरुको भावना बुझेर बदलिएर आएको छ । गगन थापाले काँग्रेसको नेतृत्व सम्हालेपछि ठूलो भरोसा र उत्साह जागेको छ । युवाहरुको भावना काँग्रेसले मात्रै सम्बोधन गर्छ भन्ने विश्वास लागेको छ ।’ नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेल बुद्धचोक पुग्दा स्थानीयहरु उत्साहित देखिन्थे ।

यो पनि कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको चुनावी भेटघाट

सादगी, त्यागी र अत्यन्तै सहयोगी भावनाका नेता गौडेललाई काँग्रेसले टिकट दिएर उम्मेदवार बनाएकोमा स्थानीय खुसी व्यक्त गरिरहेका छन् । घरदैलोका क्रममा स्थानीयहरुले आफ्नो टोल तथा छरछिमेकका विकास निर्माणका समस्याहरु समेत सुनाएका थिए । 

नाला, ढल निकास, सडक निर्माण लगायतका समस्या रहेको भन्दै उनीहरुले समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । त्यसक्रममा उम्मेदवार गौडेलले आफूले पहिल्यैदेखि बुद्धचोकका समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गर्दै आएको बताए । उनले आफ्नो तर्फबाट हुन सक्ने सहयोगका लागि प्रतिबद्धता व्यक्त गरे । ‘स्थानीय सरकारले पनि क्रमशः विकास निर्माणका कामलाई गति दिएको पाएको छु,’ उनले भने, ‘बुद्धचोकका समस्या समाधानका लागि भूमिका खेल्छु, ढुक्क हुनुहोस् ।’

यो पनि गौडेललाई अगाडि राखेर थारु अगुवाहरुले भने–‘हाम्रो साथ काँग्रेसलाई छ’

Duduwa Tato hawa Bachau Image

काँग्रेस वडा कार्यसमितिको अगुवाइमा घरदैलो अभियान सञ्चालन गरिएको वडा सभापति श्रीकृष्ण थारुले जानकारी दिए । घरदैलोमा स्थानीय नेता, कार्यकर्ता लगायतको सहभागिता रहेको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापन सचिवालयका संयोजक जयश्वर पौडेलले बताए । उनले आइतवार नै उम्मेदवार गौडेलको वडा नम्बर ७ र ११ मा पनि घरदैलो रहेको जानकारी दिए ।

यो पनि ‘काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्छ’ : गौडेल

यो पनि जनताको घर–घरमा पुगेर काँग्रेसले मत माग्नुपर्छ : गौडेल

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता