केसी र खत्रीसँगै फिल्डमा उत्रिँदा गौडेलको पक्षमा बढ्यो जनलहर

केसी र खत्रीसँगै फिल्डमा उत्रिँदा गौडेलको पक्षमा बढ्यो जनलहर

कोहलपुर ४ फागुन : आगामी फागुन २१ गते हुने  प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा बाँके क्षेत्र नम्बर–१ मा पार्टीका उम्मेदवार नारायण प्रसाद गौडेललाई जिताउन काँग्रेसका क्षेत्रीय सभापति पोषण केसी र निवर्तमान सभापति माधवराम खत्री एकसाथ घरदैलोमा निस्किएका छन् । 

उनीहरु पहिलोपटक सोमवार कोहलपुर नगरपालिका वडा नम्बर–९ भवानीपुरमा गौडेलको घरदैलोमा निस्किएपछि कार्यकर्ताहरू उत्साहित देखिएका छन् । 

यो पनि गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन

‘आजको घरदैलोमा केसी र खत्री गौडेलसँगै देखिएपछि कार्यकर्ताहरु अत्यन्तै उत्साहित देखिए,’ काँग्रेसका कार्यबाहक वडा सभापति गंगा ओलीले भनिन्, ‘बाहिर देखिएका भ्रम मेटिएको छ । गौडेललाई जिताउन सबै नेता एक ठाउँमा आएको प्रष्ट भएको छ ।’

यो पनि रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन

क्षेत्रीय सभापति केसी र निवर्तमान क्षेत्रीय सभापति खत्री पनि टिकटका आकांक्षी थिए । क्षेत्रीय सभापति केसी यस अघि नै चुनावी अभियानमा सक्रिय भए पनि निवर्तमान क्षेत्रीय सभापति खत्री भने देखिएका थिएनन् । तर, सोमवारदेखि खत्री पनि चुनावी घरदैलोमा देखिएपछि क्षेत्र नम्बर–१ मा काँग्रेस कार्यकर्ताहरु थप उत्साहित भएका हुन् ।

यो पनि कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको चुनावी भेटघाट

Duduwa Tato hawa Bachau Image

‘पारिवारिक काम विशेषले काठमाडौंमा थिएँ,’ निवर्तमान सभापति खत्रीले भने, ‘फर्किए लगत्तै चुनावी अभियानमा फिल्डमा उत्रिसकेँ । काँग्रेसका कुनै पनि कार्यकर्ता अलमलमा पर्न जरुरी छैन । रुख चिन्हमा मतदान गरेर काँग्रेस जिताउने अभियानमा लाग्न आग्रह गर्दछु ।’

यो पनि गौडेललाई अगाडि राखेर थारु अगुवाहरुले भने–‘हाम्रो साथ काँग्रेसलाई छ’

उम्मेदवार गौडेल जिल्ला सभापति हुन् । काँग्रेसका प्रभावशाली नेताहरू एक ठाउँमा उभिएपछि काँग्रेसको पक्षमा जनलहर बढेको छ । ‘भेट्रान नेताहरू एक भएर चुनावी अभियानमा होम्मिएपछि मतदाताहरूमा पनि ऊर्जा थपियो,’ कोहलपुर नगरपालिका ९ की सुनिता विष्टले भनिन्,‘अब काँग्रेसलाई कुनै ताकतले हराउन सक्दैन ।’ 

सोमवार वडा नम्बर ९ का भवानीपुर, समावेशी टोल र वडा नम्बर १० का विभिन्न टोल तथा बस्ती लगायतमा घरदैलो गरिएको क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले जानकारी दिए ।

यो पनि ‘काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्छ’ : गौडेल

यो पनि जनताको घर–घरमा पुगेर काँग्रेसले मत माग्नुपर्छ : गौडेल

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता