काँग्रेसलाई मत दिनुहोस्, विश्वास टुट्न दिने छैनः गौडेल

काँग्रेसलाई मत दिनुहोस्, विश्वास टुट्न दिने छैनः गौडेल

कोहलपुर ११ फागुन : नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले सबै मतदातालाई सक्रिय रुपमा मतदानमा भाग लिन र पार्टीलाई समर्थन गर्न आह्वान गरेका छन् । 

राप्तीसोनारी गाउँपालिका वडा नं. ३ र ४ का विभिन्न वस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रममा उनले सबै नेता तथा कार्यकताहरु गोलबद्ध भएर रुख चिन्हमा मतदान गर्न आह्वान गरेका छन् । 

यो पनि काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेल भन्छन् –‘यसै पनि काँग्रेसको बलियो संगठन छ । अहिले पार्टीमा नयाँ नेतृत्व आएपछि काँग्रेस सुधार भएर आएको सन्देश आम कार्यकर्तामा गएको छ ।’ यसपालिको निर्विकल्प शक्ति भनेको काँग्रेस भएकाले कार्यकर्ताहरु अलमलमा नपर्न उनले आग्रह पनि गरे ।  

‘हामी राष्ट्रिय शक्ति हौँ, हामीले देशमा लोकतन्त्र स्थापना गर्ने काम गरेका हौ गौडेल भन्छन् –‘लोकतन्त्रको स्थायित्वको लागि पनि काँग्रेसले काम गर्ने भएकाले भोट हालेर जिताउनुहोस् भन्छु ।’ उम्मेदवार गौडेलले विकास, सुशासन, रोजगारी सिर्जना र पूर्वाधार निर्माणजस्ता मुद्दालाई प्राथमिकतामा राख्दै घरदैलो कार्यक्रममार्फत मतदातासँग पुगिरहेका छन्  । 

यो पनि जनताको पीर–मर्का बुझ्ने पार्टी काँग्रेस होः गौडेल

यो पनि राप्तीसोनारीमा काँग्रेसका उम्मेदवार गौडेलको घरदैलो तीव्र

Duduwa Tato hawa Bachau Image

समाज सेवाको क्षेत्रमा गरेका काम, लोकतान्त्रिक आन्दोलनका निमित्त गरेको सङ्घर्ष, कोभिड महामारीमा गरेको सेवा लगायतका कामहरुमा जुन खालको उपस्थिति गौडेलको रह्यो त्यसले मतदाताहरुको ध्यान खिचेको देखिन्छ । गौडेलले आफुलाई विश्वास गरेर मतदान गर्न आव्हान गर्दै जितेर गए विश्वास टुट्न नदिने प्रतिवद्धता जनाउने गरेका छन् ।

यो पनि  गौडेलले सुरु गरे राप्तीसोनारीमा घरदैलो, मतदाता उत्साहित

यो पनि गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व

यो पनि ‘मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन’ : नारायण गौडेल 

यो पनि  केसी र खत्रीसँगै फिल्डमा उत्रिँदा गौडेलको पक्षमा बढ्यो जनलहर

यो पनि गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन 

यो पनि रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन

यो पनि कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको चुनावी भेटघाट

यो पनि गौडेललाई अगाडि राखेर थारु अगुवाहरुले भने–‘हाम्रो साथ काँग्रेसलाई छ’ 

यो पनि ‘काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्छ’ : गौडेल

यो पनि जनताको घर–घरमा पुगेर काँग्रेसले मत माग्नुपर्छ : गौडेल

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता