कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको चुनावी भेटघाट
नेपालगन्ज १ फाल्गुन : नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले कोहलपुर नगरपालिका क्षेत्रका विभिन्न बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम गरेका छन् ।
शुक्रबार कोहलपुर नगरपालिका वडा नम्बर– १ को कौशल्यानगर तथा वडा नम्बर–२ का पुष्पनगर र विकासनगरमा घरदैलोसँगै स्थानीयसँग भेटघाट गरेका छन् । घरदैलोका क्रममा स्थानीय बासिन्दाले लामो समयदेखि लालपूर्जा नपाएको तथा बाटोघाटो लगायत आधारभूत पूर्वाधारको समस्या झेल्दै आएको गुनासो गरेका थिए ।
उनीहरुले भूमिहीन र असुरक्षित बसोबासको समस्या समाधानमा भूमिका खेल्दिन आग्रह गरेका थिए । त्यसक्रममा उम्मेदवार गौडेलले स्थानीयले उठाएका समस्याबारे आफू पूर्णरुपमा जानकार रहेको बताउँदै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
उनले भूमिहीन समस्या समाधानतर्फ अघि बढिरहेको अवस्थामा जेन्जी आन्दोलनपछि बनेको सरकारले आयोग विघटन गर्दा प्रक्रिया अवरुद्ध भएको बताए । “स्थानीय सरकारको समन्वयमा भूमिहीनहरुलाई लालपूर्जा दिने काम भइरहेकै थियो, सरकार फेरियो, आयोग विघटन भयो, काम रोकियो,“ उनले भने–“अब काँग्रेस नेतृत्वको सरकार बन्छ, भूमिहीनलाई लालपूर्जा दिने सवालमा म निरन्तर पहल गर्नेछु ।“
यो पनि गौडेललाई अगाडि राखेर थारु अगुवाहरुले भने–‘हाम्रो साथ काँग्रेसलाई छ’
घरदैलोका क्रममा स्थानीयले लामो समयदेखि जनस्तरमा रहेर सेवा गर्दै आएका कारण गौडेलप्रति आफ्नो विश्वास रहेको बताएका थिए । यसैबीच शुक्रबार बिहान नेपाल दलित संघ बाँके क्षेत्रीय कार्यसमितिले उम्मेदवारसँग कोहलपुरमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार गौडेल तथा समानुपातिक उम्मेदवार दीपनारायण वर्मा सहभागी भएका थिए । नेपाल दलित संघ बाँकेका अध्यक्ष कृष्ण बहादुर विकले दलित समुदायका मुद्दामा काँग्रेसले निरन्तर साथ दिँदै आएको बताए । उनले आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।
यो पनि ‘काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्छ’ : गौडेल
अन्तरक्रिया कार्यक्रममा शिक्षा, रोजगारी, सामाजिक न्याय र भूमिहीनताको मुद्दा उठाइएको थियो । उम्मेदवार गौडेलले ती विषयमा नीतिगत पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
यो पनि जनताको घर–घरमा पुगेर काँग्रेसले मत माग्नुपर्छ : गौडेल
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)
यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता





0 Comments