पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन
नेपालगन्ज १४ फागुन : नेपाली काँग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर– ३ का उम्मेदवार अमर सिंह पुनले नेपालको लोकतन्त्रलाई बलियो बनाउनको लागि नेपाली काँग्रेसलाई आसन्न प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न अनुरोध गरेका छन् ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका पुनले देशमा संकटपूर्ण अवस्थाको सृजना भएको बेला देशलाई सही बाटोमा लैजान सक्ने पार्टी काँग्रेस भएको बताए ।
यो पनि खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन
यो पनि सुशील कोइराला क्यान्सर अस्पतालको स्तरोन्नती गर्ने पुनको प्रतिवद्धता
समय सापेक्ष जनभावनालाई सम्बोधन गर्ने संकल्पसहित काँग्रेस चुनावी मैदानमा होमिएको भन्दै पुनले पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन अपिल गरे ।
उनले भने, ‘यस पटक सबैले उम्मेदवार बन्ने अवसर पाउनुभएको छैन । भोलिका निर्वाचनमा अरुले त्यो अवसर पाउनुहुनेछ । कांग्रेसका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई पार्टीले जोगाउने छैन । पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ ।’
जानकी गाउँपालिकाको मानपुरमा भएको बृहत चुनावी सभामा बोल्दै पुनले स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा जारी भएको संविधानलाई थप परिस्कृत गर्दै आम जनताले चाहेको समृद्धिको लागि काम गर्ने प्रतिवद्धतासहित काँग्रेस निर्वाचनमा होमिएको बताए । नेपालको राजनीतिक स्थिति र व्यवस्था खतरामा रहेको बताउँदै पुनले संविधानलाई बचाउँदै स्वर्गीय सुशील कोइरालाले देखेको सपनालाई पूरा गर्नको लागि काँग्रेसलाई मत हाल्न आम जनतालाई अनुरोध गरे । सुशासन र समृद्धिको लागि काँग्रेसले आफनो प्रतिज्ञा–पत्रमार्फत धारणा सार्वजनिक गरिसकेको बताउँदै पुनले हरेक वर्ग र समुदायका जनताले गर्व गर्ने नेपाल बनाउने प्रतिवद्धता गरे ।
यो पनि नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनमा काँग्रेसले पहल गर्छः अमर सिंह पुन
यो पनि ‘लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई खजुरामै सञ्चालन गर्न पहल गर्छौं’ : उम्मेदवार पुन
यो पनि ‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ’ : उम्मेदवार पुन
यो पनि लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउनुपर्छः अमर सिंह पुन
यो पनि विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् अमर सिंह पुन
कार्यक्रम नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । सभालाई काँग्रेस सभापति गगन कुमार थापा, उपसभापति पुष्पा भुसाल, लुम्बिनी प्रदेश सभापति तथा बाँके–३ का उम्मेदवार अमर सिंह पुन, प्रदेश उपसभापति राजु खनाल, बर्दिया–१ का उम्मेदवार संजय गौतम र बाँके–२ का उम्मेदवार शुधान्सु कोइराला लगायतले पनि सम्बोधन गरेका थिए । उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सन्जु कुमारी चौधरीले गरेकी थिइन् ।
यो पनि जेनजी आन्दोलनको सकारात्मक मर्मलाई काँग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन
यो पनि अमरसिंह पुनले भने–‘सीमाक्षेत्रका जनता नेपाली भुमीको सच्चा पहरेदार हुन्’
यो पनि चुनावी प्रचारप्रसारलाई तीब्रता दिदैँ पुन, स्थानीय समस्या र अपेक्षाहरू बुझ्न सक्रिय
यो पनि ‘सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने नीति बदल्नुपर्छ’ : अमरसिंह पुन
यो पनि काँग्रेसले जेनजीको भावना अनुरुप देश निर्माण गर्छ : अमर
यो पनि ‘बाँकेमा धर्म, संस्कारको जगेर्ना गर्न काँग्रेसको जित आवश्यक’ : सभापति पुन
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)
यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता





0 Comments