अमरसिंह पुनले भने–‘सीमाक्षेत्रका जनता नेपाली भुमीको सच्चा पहरेदार हुन्’
नेपालगन्ज ३ फागुन : नेपाली भूमीको सच्चा पहरेदार सीमावर्ती क्षेत्रका जनता भएको नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले बताएका छन् ।
बाँके खजुरा गाउँपालिका वडा नम्बर– १ का जनतासँग भेटघाट गर्ने क्रममा लुम्बिनी प्रदेश सभापति पुनले नेपाली भूमीको रक्षा गर्ने सीमा क्षेत्रका जनता धन्यवादको पात्र भएको बताए ।
यो पनि चुनावी प्रचारप्रसारलाई तीब्रता दिदैँ पुन, स्थानीय समस्या र अपेक्षाहरू बुझ्न सक्रिय
उनले भने, ‘सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई म आत्मादेखि नै धन्यवाद दिन चाहन्छु । जय नेपाल भन्न चाहन्छु । तपाईंहरु नेपाली भूमीको पहरेदार हो । यो भूमीलाई तपाईंहरुले नै बचाउनु भएको छ ।’
आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिएका पुनले सीमावर्ती क्षेत्रको जनताको समस्यालाई नीतिगत रुपमा समाधान गर्न आफूले पहल गर्ने बताए ।
यो पनि ‘सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने नीति बदल्नुपर्छ’ : अमरसिंह पुन
उनले भने, ‘मेचीदेखि महाकालीसम्म सीमा क्षेत्रको समस्या छन् । त्यसको समाधान नीतिगत रुपमा राज्यले गर्नुपर्छ । मैले सीमावर्ती क्षेत्रको समस्या समाधानको लागि नीतिगत रुपमा एजेन्डा बनाएर त्यसको दिर्घकालीन समाधानको लागि प्रयास गर्नेछु ।’
बाँके क्षेत्र नम्बर–३ को दक्षिणतर्फको भूभाग नेपाल–भारतको सीमाना पर्छ । यहाँका स्थानीयहरुको जमिन बैंकले धितो राख्ने गरेको छैन । जमिन छ तर, बैंकले धितो राख्दैन । जसका कारण सीमावर्ती क्षेत्रका नेपाली जनताका नागरिकले आर्थिक रुपमा पाउने सुविधाबाट बञ्चित हुनु परिरहेको छ । सीमावर्ती क्षेत्रका जनताहरुमाथि भइरहेको अन्यायलाई समाधान गर्न आफूले पहल गर्ने पुनले प्रतिवद्धता जनाए ।
यो पनि काँग्रेसले जेनजीको भावना अनुरुप देश निर्माण गर्छ : अमर
उनले भने,‘सीमा क्षेत्रका जनताको जमिन बैंकले धितो नै नराख्नु अन्याय हो । मूल्यांकन रकम कम होला तर, राख्नै नपाउनु भनेको यहाँको जनतामाथि राज्यले गरेको अन्याय हो ।’ सभापति पुनले बाँके क्षेत्र नम्बर ३ को समग्र विकासका नयाँ एजेन्डासहित आफू मतदाताहरुसँग भेटघाट गरिरहेको बताए ।
यो पनि ‘बाँकेमा धर्म, संस्कारको जगेर्ना गर्न काँग्रेसको जित आवश्यक’ : सभापति पुन
नेपालको आर्थिक उन्नतिको लागि पनि तराई क्षेत्रको विकास जरुरी रहेको बताउँदैं पुनले क्षेत्र नम्बर–३ लाई आर्थिक विकासको लागि नयाँ एजेण्डा बनाएर काम गर्ने बताए ।
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)
यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता





0 Comments