जेनजी आन्दोलनको सकारात्मक मर्मलाई काँग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन
नेपालगन्ज ४ फागुन : नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले जेनजी आन्दोलनको मर्मलाई ओझेलमा पारेर आफ्ना निहित स्वार्थ पुरा गर्ने शक्ति नेपाली राजनीतिमा हाबी हुने प्रयास गरिरहेको बताएका छन् ।
जेनजी आन्दोलनमा घुसपैठ गरेर युवाहरुको मागलाई अल्मल्याउने काम भइरहेको बाँके क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिएका पुनले बताए ।
यो पनि अमरसिंह पुनले भने–‘सीमाक्षेत्रका जनता नेपाली भुमीको सच्चा पहरेदार हुन्’
युवालाई सम्बोधन गर्ने क्रममा पुनले देशको वास्तविक समस्या समाधान गर्ने सामथ्र्य नेपाली काँग्रेसमा भएकोले युवालाई आसन्न प्रतिनिधि सभा निर्वाचनमा विवेकपूर्ण निर्णय गर्न पुनले आग्रह गरेका छन् ।
उनले भने,‘जेनजीका सकारात्मक मागलाई पन्छाउन खोज्ने, घुसपैठ गर्ने शक्ति, देश जलाउने वातावरण बनाउने शक्ति पनि हामीसँग निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । हामी हाम्रा सबै आन्तरिक समस्यालाई व्यवस्थापन गरेर देशको नेतृत्व गर्ने शक्ति बन्नुपर्नेछ ।’
यो पनि चुनावी प्रचारप्रसारलाई तीब्रता दिदैँ पुन, स्थानीय समस्या र अपेक्षाहरू बुझ्न सक्रिय
नेपाली जनताको अधिकारलाई स्थापित गर्न काँग्रेसका थुप्रै नेताले बलिदानी दिएको प्रसँगबारे बताउँदै नेता पुनले जेन्जी आन्दोलनको सकारात्मक पक्षलाई आत्मसाथ गरेर काँग्रेस देश निर्माणमा लाग्ने प्रष्ट पारे ।
जेनजी युवाले खोजेको रोजगारी र समृद्धिको सपना पूरा गर्ने संकल्पसहित नेपाली काँग्रेस अगाडि बढिरहेकोले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसलाई मतदान गर्न आम मतदातालाई पुनले अपील गरे । बाँके क्षेत्र नम्बर–३ को समग्र विकासको लागि आफूले इमान्दारिताका साथ काम गर्ने पुनले प्रतिवद्धता समेत जनाएका छन् ।
यो पनि ‘सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने नीति बदल्नुपर्छ’ : अमरसिंह पुन
उनले भने, ‘हाम्रा हरेक क्षेत्रका आ–आफ्ना समस्या र विशेषता छन् । बाँके क्षेत्र नम्बर–३ आफैंमा समृद्धिको सपना देखेर अगाडि बढिरहेको क्षेत्र हो । यस क्षेत्रका धेरै समस्या राज्यले नीतिगत रुपमा सुधार गर्नुपर्नेछ । त्यसको लागि म र मेरो पार्टीले नेतृत्व गर्ने विश्वास दिलाउन चाहन्छु ।’
यो पनि काँग्रेसले जेनजीको भावना अनुरुप देश निर्माण गर्छ : अमर
बाँके क्षेत्र नम्बर–३ को नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताको समस्यालाई राष्ट्रिय एजेन्डाको रुपमा सम्बोधन गर्ने वातावरण निर्माणको लागि आफूले पहल गर्ने पुनले बताए । नेपाल भारत सीमावर्ती क्षेत्रका जनताको जमिन बैंकले धितो नराख्ने समस्या छ । जसको लागि आफूले राज्यलाई नीतिगत रुपमा सम्बोधनको लागि दबाब दिने उनले बताए ।
यो पनि ‘बाँकेमा धर्म, संस्कारको जगेर्ना गर्न काँग्रेसको जित आवश्यक’ : सभापति पुन
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)
यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता





0 Comments