‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ’ : उम्मेदवार पुन

‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ’ : उम्मेदवार पुन

बाँके(खजुरा) ६ फागुन : नेपाली काँग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर–३ का उम्मेदवार अमरसिंह पुनले विभिन्न आन्दोलनका नाममा नागरिकका सम्पक्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्ने बताएका छन् । 

नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति समेत रहेका उम्मेदवार पुनले नेपाली नागरिकले दुःख पाउने, नागरिकले ज्यान गुमाउने आन्दोलनलाई उकास्ने कार्यको बिरोध गर्दै काँग्रेसले त्यसको अन्त्यको लागि काम गर्ने बताए । 

यो पनि लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउनुपर्छः अमर सिंह पुन

विभिन्न आन्दोलनका नाममा देशका सार्वजनिक सम्पदा, सार्वजनिक सम्पक्ति र महत्वपुर्ण कार्यालय जलाउने कार्यलाई कुनैपनि राजनितिक दलले प्रसय दिने काम गर्न नहुने बताए । समाज भड्काउने, धर्म, सँस्कृति र जातिय विभेदलाई बढावा दिने कुनैपनि राजनितिक दल र नेताको भनाईमा विश्वास नगर्न पुनले बाँके क्षेत्र नम्बर– ३ का मतदातालाई अनुरोध गरे । 

यो पनि  विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् अमर सिंह पुन

उनले भने, ‘यो देशको समृद्धि हामी सबै मिलेर गर्ने हो । हिमाल, पहाड र तराईमा बस्ने सबै नागरिकका समस्यालाई हामीले सम्बोधन गर्ने प्रयास गर्नु पर्छ । नागरिक प्रति सबै राजनिति दल उत्तरदायी हुनुपर्छ । तर, यहाँ नागरिकका समस्या, नागरिकका प्रश्नबाट भाग्ने नेताहरु पनि चुनावी मैदानमा छन् । यसले पनि यहाँहरु नागरिक प्रति कत्ति उत्तरदायी छन् भन्ने देखाउँछ ।’ 

यो पनि जेनजी आन्दोलनको सकारात्मक मर्मलाई काँग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन

Duduwa Tato hawa Bachau Image

बाँके क्षेत्र नम्बर–३ को समृद्धिको लागि आफुले इमानदारितका साथ काम गर्ने बताउँदै पुनले भेरी–बबई डाईभर्सन, सिक्टा सिचाइँ आयोजनाका अधुरा कामहरु पुरा गर्न आफुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश सभापति पुनले नेपालको पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल–भारत सीमा क्षेत्रका नागरिकले भोगिरहेका समस्या समाधानका लागि काँग्रेसले नीतिगत रुपमा पहल थाल्ने प्रतिवद्धता जनाए । 

यो पनि  अमरसिंह पुनले भने–‘सीमाक्षेत्रका जनता नेपाली भुमीको सच्चा पहरेदार हुन्’

लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई बाँके क्षेत्र नम्बर–३ को समृद्धिसँग जोडनुपर्ने उनको भनाई छ । प्राविधिक विश्व विद्यालय अहिलेको आवश्यकता भएको बताउँदै काँग्रेस उम्मेदवार पुनले युवालाई देशमै रोजगार सृजना गर्ने थलोका रुपमा विश्व विद्यालयलाई बनाउन जरुरी रहेको धारणा राखेका छन् ।

यो पनि चुनावी प्रचारप्रसारलाई तीब्रता दिदैँ पुन, स्थानीय समस्या र अपेक्षाहरू बुझ्न सक्रिय 

यो पनि ‘सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने नीति बदल्नुपर्छ’ : अमरसिंह पुन 

यो पनि काँग्रेसले जेनजीको भावना अनुरुप देश निर्माण गर्छ : अमर 

यो पनि ‘बाँकेमा धर्म, संस्कारको जगेर्ना गर्न काँग्रेसको जित आवश्यक’ : सभापति पुन 

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता