लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउनुपर्छः अमर सिंह पुन
खजुरा (बाँके) ५ फागुन : बाँके क्षेत्र नम्बर– ३ का नेपाली काँग्रेसका उम्मेदवार अमर सिंह पुनले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई बाँके क्षेत्र नम्बर–३ को समृद्धिसँग जोडनुपर्ने बताएका छन् ।
प्राविधिक विश्वविद्यालय अहिलेको आवश्यकता भएको बताउँदै पुनले युवालाई देशमै रोजगार सृजना गर्ने थलोका रुपमा विश्वविद्यालयलाई बनाउन जरुरी रहेको उल्लेख गरे ।
यो पनि विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् अमर सिंह पुन
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका पुनले भने, ‘प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउने हाम्रो लक्ष्य हो । प्रविधिको विकासका लागि नेपाली काँग्रेसले युवाहरुको भावनालाई समेटेर आफ्नो नीति र योजना बनाएर काम गरिरहेको छ । रुपान्तरित काँग्रेसको नेतृत्व नै युवाको काँधमा छ । प्राविधिक शिक्षालाई समृद्धिसँग जोडेर युवालाई रोजगारी सृजना गर्न काँग्रेसले नयाँ नीति बनाएर काम गर्नेछ ।’
पुनले देशको आर्थिक विकासको गतिलाई बढाउन प्राविधिक शिक्षा अनिवार्य भएको बताए । प्रदेशकै गौरवको योजनाको रुपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा व्यवस्थापनको समस्यालाई समाधान गर्न आफूले मुख्य एजेण्डा बनाएर काम गर्ने प्रतिवद्धता जनाए । लुम्विनी प्राविधिक विश्वविद्यालयको जग्गामा बसोबास गर्ने बासिन्दालाई उचित बसोबासको व्यवस्थासहित भवन निर्माण र खजुरामै कक्षा सञ्चालनमा सहयोग गर्ने पुनले बताए ।
यो पनि जेनजी आन्दोलनको सकारात्मक मर्मलाई काँग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन
हाल लुम्बिनी प्राविधिक विश्वविद्यालयले भाडाको भवनबाटै आफ्नो शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । भाडा वापत विश्वविद्यालयले वार्षिक ४८ लाख भन्दाबढी रकम खर्च गर्ने गरेको छ । बाँकेको खजुरामा विश्वविद्यालय स्थापना गरेर शैक्षिक कार्यक्रमहरु संचालनको लागि प्रदेश सरकारले निर्णय गरेको थियो ।
यो पनि अमरसिंह पुनले भने–‘सीमाक्षेत्रका जनता नेपाली भुमीको सच्चा पहरेदार हुन्’
२०७९ पुष २२ गतेको निर्णयबाट बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय स्थापना गरेर कार्यक्रम सञ्चालन गर्ने कार्यको सुरुवात गरिएको थियो । तर, आफ्नो स्थायी भवनको अभावका कारण अझै पनि विश्वविद्यालयले भाडाकै घरमा बसेर पढनपाठन गराउने काम गरिरहेको छ ।
यो पनि चुनावी प्रचारप्रसारलाई तीब्रता दिदैँ पुन, स्थानीय समस्या र अपेक्षाहरू बुझ्न सक्रिय
यो पनि ‘सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने नीति बदल्नुपर्छ’ : अमरसिंह पुन
यो पनि काँग्रेसले जेनजीको भावना अनुरुप देश निर्माण गर्छ : अमर
यो पनि ‘बाँकेमा धर्म, संस्कारको जगेर्ना गर्न काँग्रेसको जित आवश्यक’ : सभापति पुन
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)
यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता





0 Comments