सुशील कोइराला क्यान्सर अस्पतालको स्तरोन्नती गर्ने पुनको प्रतिवद्धता

सुशील कोइराला क्यान्सर अस्पतालको स्तरोन्नती गर्ने पुनको प्रतिवद्धता

नेपालगन्ज १२ फागुन : नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति एवम् बाँके क्षेत्र नम्बर–३ का उम्मेदवार अमर सिंह पुनले पश्चिम नेपालको गौरव अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्तरोन्नति आफनो मुख्य एजेण्डामा रहेको बताएका छन् । 

पुनले बाँके क्षेत्र नम्बर–३ को जनताले गर्व गर्ने अस्पतालको रुपमा क्यान्सर अस्पतालको व्यवस्थापनमा आफूले पहल गर्ने बताए ।

उनले भने,‘आम नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै क्यान्सर अस्पतालको स्तर बढाउन मैले विशेष योजना बनाएर काम गर्नेछु । क्यान्सर अस्पताल बाँके क्षेत्र नम्बर–३ को मात्र नभएर पश्चिम नेपालका हजारौं बिरामीलाई सेवा दिइरहेको अस्पताल हो । यसको समय सापेक्ष भौतिक पूर्वाधार र जनशक्ति बृद्धि गर्न आवश्यक छ ।’

यो पनि  नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनमा काँग्रेसले पहल गर्छः अमर सिंह पुन 

यो पनि ‘लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई खजुरामै सञ्चालन गर्न पहल गर्छौं’ : उम्मेदवार पुन

पुनले स्वास्थ्य क्षेत्रलाई आफ्नो मुख्य एजेण्डामा राखेर स्वास्थ्य क्षेत्रको सुदृढीकरणको लागि नीतिगत रुपमा काम गर्ने बताए । उनले दक्ष चिकित्सक, नर्स तथा प्राविधिक जनशक्तिको अभाव स्वास्थ्य सेवाको प्रमुख चुनौती भएको बताउँदै विशेषज्ञ सेवा उपलब्ध गराउन विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो पनि ‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ’ : उम्मेदवार पुन 

यो पनि लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउनुपर्छः अमर सिंह पुन

यो पनि  विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् अमर सिंह पुन

यो पनि जेनजी आन्दोलनको सकारात्मक मर्मलाई काँग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन

यो पनि  अमरसिंह पुनले भने–‘सीमाक्षेत्रका जनता नेपाली भुमीको सच्चा पहरेदार हुन्’ 

Duduwa Tato hawa Bachau Image

उम्मेदवार पुनले स्वास्थ्य क्षेत्रमा देखिने सुधार ल्याउन संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय गर्दै यस क्षेत्रको समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि काम गर्ने बताए । शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा राज्यले आमजनतालाई सहज हुने सेवा सुविधा उपलब्ध गराउन आफू  प्रतिवद्ध रहेको बताए ।

यो पनि चुनावी प्रचारप्रसारलाई तीब्रता दिदैँ पुन, स्थानीय समस्या र अपेक्षाहरू बुझ्न सक्रिय 

यो पनि ‘सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने नीति बदल्नुपर्छ’ : अमरसिंह पुन 

यो पनि काँग्रेसले जेनजीको भावना अनुरुप देश निर्माण गर्छ : अमर 

यो पनि ‘बाँकेमा धर्म, संस्कारको जगेर्ना गर्न काँग्रेसको जित आवश्यक’ : सभापति पुन 

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता