‘सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने नीति बदल्नुपर्छ’ : अमरसिंह पुन

‘सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने नीति बदल्नुपर्छ’ : अमरसिंह पुन

नेपालगन्ज २६ माघ : बाँके क्षेत्र नम्बर–३ का उम्मेदवार अमरसिंह पुनले सीमावर्ती क्षेत्रका जनताको समस्या समाधानका लागि नीतिगत रुपमा प्रयास गर्ने बताएका छन् ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका पुनले नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताले पाइरहेको समस्यालाई समाधान गर्नका लागि नीतिगत रुपमा सम्बोधन गर्न आवश्यक रहेको बताए ।

यो पनि काँग्रेसले जेनजीको भावना अनुरुप देश निर्माण गर्छ : अमर

‘नेपालको लालपूर्जा छ । भूमि छ । हामीले प्रयोग गरिरहेका पनि छौं । तर, बैंकले धितो नराख्ने समस्या छ । यो भनेको सीमावर्ती क्षेत्रका जनताको अवमूल्यन हो,’ पुनले अगाडी भने, ‘जमिनको मूल्यांकन कम होला । तर, बैंकले धितो नै नराख्ने नीति परिवर्तन गर्नुपर्छ । यो समस्या देशभरकै सीमावर्ती क्षेत्रको भएकोले नीतिगत सुधार आवश्यक छ ।’

सीमावर्ती क्षेत्रमा बसोबास गरेर नेपालको अस्तित्व जोगाई राख्ने नागरिकप्रति सरकारले अन्याय गरेको उनले बताए ।

‘जसले नेपालको अस्तित्व जोगाईदिनु भएको छ । जसले देशको सीमा सुरक्षामा चौकिदारी गरेका छन् । उनीहरुकै जमिनको मूल्य–मान्यता नहुनु दुःखद् हो,’ पुनले भने, ‘मूल्यांकनमा कम होला, त्यो आफ्नो ठाउँमा छ । तर, बैंकले धितो नराख्ने कुरा न्यायपूर्ण छैन् ।’

बाँके खजुरा गाउँपालिका वडा नम्बर–१ राधापुरका जनतासँग भेट्घाटका क्रममा पुनले क्षेत्रका विकासका लागि स्थानीयसँग छलफल गरेर काम गर्ने बताए ।

यो पनि ‘बाँकेमा धर्म, संस्कारको जगेर्ना गर्न काँग्रेसको जित आवश्यक’ : सभापति पुन

राधापुरमा यसअघि पनि काँग्रेस नेता किशोरसिंह राठौर र बादशाह कुर्मीको पहलमा थुप्रै विकास निर्माणका कामहरू भएको बताउँदै उनले अब नयाँ योजनाहरू कार्यान्वयनमा आफूले पहल गर्ने बताए ।

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)

Duduwa Tato hawa Bachau Image

खजुरा गाउँपालिका–१ का वडा अध्यक्ष मनवीर क्षेत्रीले सीमावर्ती क्षेत्रका जनताको जमिनलाई बैंकले धितो नराख्ने समस्या रहेको गुनासो गरे । बैंकको नीतिका कारण सीमावर्ती क्षेत्रका जनता दुःख पाइरहेको उनले बताए ।

यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता