कोहलपुर–सुर्खेत जोड्ने १३२ केभी राष्ट्रिय प्रसारण लाइन
बस्ती हुँदै विद्युत् प्रसारण लाइन निर्माणविरुद्ध स्थानीयको प्रदर्शन
बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाभारका स्थानीयले नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत (कर्णाली प्रदेश) जोड्ने १३२ केभी राष्ट्रिय प्रसारण लाइन आफ्नो बस्तीबाट लैजान लागेको भन्दै त्यसको विरोधमा नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन् ।


