भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपत्र वितरण

भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपत्र वितरण

कोहलपुर २० वैशाख: बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रम शुरु भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सो नगरपालिकाका वडा नं १ का भूमिहीन दलित खडके दमाईलाई प्रमाणपत्र हस्तान्तरण गरेर उक्त कार्यक्रमको थालनी गरेका हुन्। पहिलो चरणमा ७१ जना भूमिहीन, दलित सुकुमबासीले जग्गाधनी पूर्जा पाएका छन् ।

त्यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीले आज प्रदान गरिएको जग्गा सम्बन्धित व्यक्तिको नभई अन्यको भएको पाइए पूर्जा जफतका साथै दोषीलाई कडा कारबाही गरिने चेतावनी दिए ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

मन्त्री अधिकारीले भूमिहीन सुकुमबासी र भूमिहीन दलितलाई जग्गा प्राप्तिमा कुनै शुल्क नलाग्ने जानकारी दिए । स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि अधिकार दिइएको उल्लेख गर्दै उनले स्थानीय तहलाई असार मसान्तसम्ममा वर्गीकरणको सबै काम पूरा गर्न आग्रह गरे । ‘सबै पालिकाले जग्गाको वर्गीकरण असार मसान्तसम्म गरेर पठाउनुभएन भने जग्गाको किनबेच र कित्ताकाट बन्द हुन्छ’, उनले भने ।

सुकुम्बासी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले सुकुमबासी समस्या समाधानका लागि सरकार क्रियाशील रहेको बताए ।


Duduwa Tato hawa Bachau Image

भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिनिधिसभाका सदस्य सूर्य ढकाल, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेना, कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आर्चाय, उपप्रमुख स¬ङ्गीता सुवेदीलगायत वक्ताले पूर्जा वितरणमा विलम्ब भएको गुनासो गरे ।

बाँकेमा हालसम्म ५४ हजार हाराहारीमा पूर्जाका लागि आवेदन परेको छ । चालु आर्थिक वर्षमा ६ हजार प्रमाणपत्र वितरण गर्ने आयोगको लक्ष्य छ ।