सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
नीति तथा कार्यक्रममा प्रस्तुत मुख्य लक्ष्य यस्ता छन् :
नेपालगन्ज १९ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ ।
नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति पौडेलले परिवर्तन र उपलव्धीप्रति जनतालाई गौरवबोध गराउन, सरकारप्रति जनताको विश्वास जगाउँदै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
अराजकता फैलाउनेविरुद्ध सरकार दृढ रहेको भन्दै गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गर्ने भन्दै सरकारले संविधानको समीक्षा गरी आवश्यक संशोधन गरिने र यसका लागि आपसी समझदारीसहित संविधानमा रहेका कमी कमजोरी सच्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
राजनीतिक स्थिरतालाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने सरकारको लक्ष्य प्रस्तुत गरियो । विकास निर्माणका क्रममा देखिएका कमजोरीलाई सुधार गर्न ढाँचा परिवर्तन गर्ने, विगतमा घोषणा गरिएका बिकासका कार्यक्रमलाई पुन प्राथमीकीकरण गर्ने, स्रोत सुनिश्चितता गरी सम्भावना नभएका आयोजना स्थगत गर्ने र खारेज गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा प्रस्तुत मुख्य लक्ष्य यस्ता छन् :
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने, यसका विरुद्ध हुने कुनै पनि प्रतिक्रिया वा प्रकृतिका प्रतिगामी पुनर्उत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने ।
संविधानको समीक्षा गर्ने, यसका सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमी कमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने ।
स्वस्थ्य प्रतिस्पर्धा, आपसी संवाद र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने ।
विकास निर्माणका क्रममा देखापरेका कमि कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र सस्कृति फेर्ने, विगतमा विभिन्न सरकारबाट घोषणा गरिएका भौतिक पूर्वाधारका सबैको पुनः प्राथमिकीकरण गर्ने, परियोजनालाई वर्गीकरण गरी आर्थिक वर्ष २०८२-८३ मा सम्पन्न हुने र यस संसदको अवधिभित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने ।
निर्माणधिन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आँकलन गरि सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटिपूर्ण परियोजना खारेज समेत गर्ने ।
विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानुनी प्रबन्ध गर्ने, विश्व विद्यालय तफको कक्षालाई ज्ञान, विज्ञान तथा अनुसन्धान तर्फ केन्द्रीत गर्ने ।
उद्यमशीलता मैत्री शिक्षाको नीति अपनाई श्रम क्षेत्रमा रहेको सीपयुक्त श्रमशक्तिको अभाव र श्रमशक्ति जगेडा रहने अवस्थाको अनत्य गर्ने, यसका लागि हालको पाठ्यक्रम, सिकाई र अध्ययन विधिमा व्यापक सुधार गर्ने, उद्यमशीलताको माध्यमद्वारा आन्तरिक रोजगारी सृजना गरि आयआर्जनका अवसर सृजना गर्ने ।
सबै उद्योगमा विजनेश प्लान र इकोसिस्टम निश्चित गरि जेन–जी पुस्तालाई केन्द्रीत गरी स्टार्टअप कार्यक्रम शुरू गर्ने ।





0 Comments