शिक्षकको आन्दोलनमा खजुरा गाउँपालिकाको ऐक्यबद्धता

शिक्षकको आन्दोलनमा खजुरा गाउँपालिकाको ऐक्यबद्धता

नेपालगन्ज २६ चैत्र : विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूको आन्दोलनमा बाँकेको खजुरा गाउँपालिकाले ऐक्यबद्धता जनाएको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक ‘तुफान’ले मङ्गलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई एक पत्र काट्दै शिक्षकहरूलाई काममा फर्कनका लागि अनुकुल वातावरण बनाइदिन सरकारसमक्ष माग गरेका छन् ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

शिक्षकहरुको अनिश्चितकालिन आन्दोलनबाट विद्यालयका नियमित कामकाज तथा गाउँपालिकाका शैक्षिक कार्यक्रमहरुमा पनि प्रत्यक्ष प्रभाव परेको र शैक्षिक शत्र २०८२ को भर्ना अभियान समेत तोकिएको समयमा सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएकोले शिक्षक तथा कर्मचारीहरुका जायज मागहरुमा समर्थन जनाउँदै यथोचित मागहरु सम्बोधन गरि उच्च मनोबलका साथ काममा फर्कने वातावरण निर्माणका लागि अनुरोध गरिएको गाउँपालिका अध्यक्ष विकले लेखेको पत्रमा उल्लेखछ ।

संविधानमै नै माध्यमिक तहसम्म विद्यालय शिक्षा स्थानीय सरकारको दायित्व रहेको उल्लेखछ ।

Duduwa Tato hawa Bachau Image

विद्यार्थी भर्ना अभियान तथा नयाँ शैक्षिक शत्र सुरुवात, एसईईको उत्तरपुस्तिक परीक्षण लगायतका कार्य रोकिएकोप्रति भन्दै यसअघि बाँकेको कोहलपुर नगरपालिकाले समेत सरकारको ध्यानाकर्षण गराएको थियो ।