झ्याउरे गीतले तात्यो नेपालगञ्ज महोत्सव

झ्याउरे गीतले तात्यो नेपालगञ्ज महोत्सव

नेपालगन्ज १२ माघ : आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवमा चर्चित गायक शिव संगितको सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको छ । महोत्सवमा शिव संगितले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा प्रदर्शनी स्थल दर्शकले भरिएको थियो ।

विशेषगरी ‘फूलफुले बाबरी मेरो माया, नाचिदेउ रामरी’ बोलको चर्चित झ्याउरे गीत प्रस्तुत हुनासाथ दर्शकहरू उत्साहित हुँदै नाचगानमा मग्न भएका थिए । दर्शकहरू नाच्दै गीत गुनगुनाएका थिए भने कार्यक्रमस्थलमा उत्सवको माहोल झनै चर्किएको थियो । 


महोत्सवमा चर्चित गायक शिव संगिते गाएका ‘घर कहाँ हो बैनीको’, ‘नाचिदेउ फनकै घुमेर’, ‘नाचिदेउ सोल्टिनी’, ‘रोधीघरमा नाचौँ गाउँ गरौँ रमाइलो’ तथा ‘फुल फुल्यो बामरी मेरी माया नाचिदेउ रामरी’ लगायतका चर्चित गीतमा दर्शकहरू रमाउँदै उफ्रँदै नाचेका थिए । शिव सङ्गीतले गीत गाइरहँदा महोत्सवका दर्शकहरू रुमाल उफार्दै नाच्दै रमाएका थिए ।


महोत्सवमा गायक चन्द्र घायल, मोडेल सिलसिला खाँड ठकुरी, गायकहरु हेमन्त पंगाली, धर्म बिक, नयन नेपाली, भिम श्रीष, जनक बिक, नवराज साईला, टेकेन्द्र विशालको प्रस्तुति रहेको थियो भने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती हुने गरेको छ ।

यो पनि नेपालगन्ज महोत्सवको समयअवधि एक हप्ता थपियो

गत पुष ३० गतेदेखि सञ्चालनमा आएको आठौँ  प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव आगामी माघ १७ गतेसम्म जारी रहनेछ । यसअघि माघ १० गतेसम्म समयअवधि तोकिएकोमा दर्शकको माग गरेपछि आयोजकले एक हप्ता समय थप गरेको हो । 

Duduwa Tato hawa Bachau Image

महोत्सवमा नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सहआयोजना रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए । 

यो पनि नेपालगन्ज महोत्सवमा आज चक्र बम र भोली पल शाह आउने

यसैबीच, भोलि १३ गते मंगलबार नेपालगन्ज महोत्सवमा चर्चित गायिका शान्तारानी परियार र चर्चित गायक गोपाल नेपाल जिएम लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ भने माघ १७ गते लोकप्रिय तथा चर्चित गायक दुर्गेश थापाको प्रस्तुती रहने महोत्सवका साँस्कृतिक संयोजक मिना डाँगीले जानकारी गराइन् ।

यो पनि बद्री पंगेनीको गतीमा दर्शक झुमे 

यो पनि आज नेपालगन्ज महोत्सवमा टंक टिमिल्सेना र शान्तिश्रीको बेजोड प्रस्तुती रहने

यो पनि नेपालगन्ज महोत्सवमा आजदेखि विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता 

यो पनि नेपालगन्ज महोत्सवमा कमल विसी ‘माल्दाई’ र सृजना खत्रीले दर्शक नचाए

यो पनि नेपालगन्ज महोत्सवमा आज कमल विसी ‘माल्दाई’, गायीका सृजना खत्री (हाउडे माया) र मोडल करिश्मा शाहीको प्रस्तुती रहने

यो पनि आठौँ प्रादेशिक महोत्सवः रचना रिमालको बेजोड प्रस्तुतीमा दर्शक झुमे

यो पनि आज नेपालगन्ज महोत्सवमा रचना रिमाल आउँदै 

यो पनि आठौं प्रादेशिक महोत्सव : कुश्मी र शाहीको दमदार प्रस्तुतीमा झुमे दर्शक

यो पनि आठौँ प्रादेशिक महोत्सव सुरुः उद्यमीलाई थप उत्पादनमा पहुँच हुने विश्वास

यो पनि आजदेखि नेपालगन्जमा आठौँ प्रादेशिक महोत्सव