नेपालगन्ज महोत्सवमा कमल विसी ‘माल्दाई’ र सृजना खत्रीले दर्शक नचाए
आईतबार खुमन अधिकारी, इसबल सन्ज्याल र मोडेल निशा गिरीको बेजोड प्रस्तुती रहने
- | अर्थ | नेपाखबर | मनोरञ्जन
- ४ माघ २०८२, शनिवार
- नेपाखबर
नेपालगन्ज ३ माघः नेपालगन्जमा जारी आठौं प्रादेशिक महोत्सवमा आज शनिबार राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रह्यो ।
नेपालगन्जको कारकाँदो स्थित सडक विभागको परिसरमा जारी आठौँ प्रादेशिक महोत्सवमा चर्चित गायक कमल विसी ‘माल्दाई’, चर्चित गायीका सृजना खत्री ‘हाउडे माया’ले विभिन्न चर्चित एक दर्जन बढी गित गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
यस्तै बाँके कोहलपुर निवासी मोडेल करिश्मा शाहीले विभिन्न ट्रन्डिग्ङ गितहरुमा आफ्नो धमेकेदार नृत्य प्रस्तुत गरेकी थिइन ।
पुष ३० गतेदेखि सञ्चालनमा आएको आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव–२०८२ माघ १० गतेसम्म सञ्चालन हुनेछ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सहआयोजनामा महोत्सव भइरहेको हो ।
महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती भइरहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए ।
यो पनि आठौँ प्रादेशिक महोत्सवः रचना रिमालको बेजोड प्रस्तुतीमा दर्शक झुमे
महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक रमेश राज भट्टराई, कमल विसी माल्दाई, सृजना खत्री, गायीका शान्तिश्री परियार, गायक टंक तिमिल्सेना, प्रिति आले, बद्रि पंगेनी लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने संयोजक खत्रीले जानकारी दिए ।
महोत्सवमा लण्डन बृज, जलपरि, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले बताए ।
यो पनि आज नेपालगन्ज महोत्सवमा रचना रिमाल आउँदै
महोत्सवमा विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता माघ ४ गतेदेखि सञ्चालन हुनेछ, जसको लागि निःशुल्क फारम भर्ने व्यवस्था सांस्कृतिक संयोजक मिना डाँगीले जानकारी दिइन् ।
यस्तै भोली आईतबार नेपालगन्ज महोत्सवमा चर्चित गायक खुमन अधिकारी, गायीका इसबल सन्ज्याल, मोडेल निशा गिरीको बेजोड प्रस्तुती रहने साँस्कृतिक संयोजक डाँगीले जानकारी गराइन् ।
यो पनि आठौं प्रादेशिक महोत्सव : कुश्मी र शाहीको दमदार प्रस्तुतीमा झुमे दर्शक
यो पनि आठौँ प्रादेशिक महोत्सव सुरुः उद्यमीलाई थप उत्पादनमा पहुँच हुने विश्वास





0 Comments