नेपालगन्ज महोत्सवको समयअवधि एक हप्ता थपियो

नेपालगन्ज महोत्सवको समयअवधि एक हप्ता थपियो

नेपालगन्ज ११  माघ ः नेपालगन्ज महोत्सवको समयअवधि थप गरिएकोछ । नेपालगन्जको कारकाँदो स्थित सडक विभाग परिसरमा जारी आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवको समयअवधि थप एक हप्ता बढाइएको हो । 

गत पुष ३० गतेदेखि सञ्चालनमा आएको आठौँ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव आगामी माघ १७ गतेसम्म जारी रहने आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए ।

यसअघि हिजो शनिबार  महोत्सवमा लोकप्रिय अभिनेता पल शाहको दमदार उपस्थितीले आयोजकलाई भिड थाम्नै हम्मे हम्मे भएको थियो । महोत्सवको दशौं दिन लोकप्रिय अभिनेता शाहको प्रस्तुतीमा थाम्नै नसकिने भिडले महोत्सवको उमंग बैग्लै देखिएको थियो ।

यो पनि नेपालगन्ज महोत्सवमा आज चक्र बम र भोली पल शाह आउने

सोक्रममा अभिनेता शाहले विभिन्न चर्चित गीतमा आफ्नो प्रस्तुती राखेका थिए । शाहको प्रस्तुतीमा दर्शकहरु रमाएर झुमेका थिए । यस्तै महोत्सवमा गायिकाद्वय दिलमाया विश्वकर्मा र भूमिका मगर, गायकद्वय सुमन बिटी र चन्द्र घायल र डान्सर भावना चौधरी लगायतको बेजोड प्रस्तुती रहेको थियो ।

यो पनि बद्री पंगेनीको गतीमा दर्शक झुमे

Duduwa Tato hawa Bachau Image

यसैबीच, आज ११ गते आईतबार नेपालगन्ज महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको लगायको बेजोड प्रस्तुती रहने छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सहआयोजनामा सुरु भएको हो । 

यो पनि आज नेपालगन्ज महोत्सवमा टंक टिमिल्सेना र शान्तिश्रीको बेजोड प्रस्तुती रहने

यो पनि नेपालगन्ज महोत्सवमा आजदेखि विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता 

यो पनि नेपालगन्ज महोत्सवमा कमल विसी ‘माल्दाई’ र सृजना खत्रीले दर्शक नचाए

यो पनि नेपालगन्ज महोत्सवमा आज कमल विसी ‘माल्दाई’, गायीका सृजना खत्री (हाउडे माया) र मोडल करिश्मा शाहीको प्रस्तुती रहने

यो पनि आठौँ प्रादेशिक महोत्सवः रचना रिमालको बेजोड प्रस्तुतीमा दर्शक झुमे

यो पनि आज नेपालगन्ज महोत्सवमा रचना रिमाल आउँदै 

यो पनि आठौं प्रादेशिक महोत्सव : कुश्मी र शाहीको दमदार प्रस्तुतीमा झुमे दर्शक

यो पनि आठौँ प्रादेशिक महोत्सव सुरुः उद्यमीलाई थप उत्पादनमा पहुँच हुने विश्वास

यो पनि आजदेखि नेपालगन्जमा आठौँ प्रादेशिक महोत्सव