नेपालगन्ज महोत्सवमा आज चक्र बम र भोली पल शाह आउने

नेपालगन्ज महोत्सवमा आज चक्र बम र भोली पल शाह आउने

महोत्सवमा गायक विशाल सोनीले बिहीबार आफ्नो प्रस्तुती राख्दै ।

नेपालगन्ज ९ माघ : नेपालगन्जमा जारी आठौं प्रादेशिक महोत्सवमा आज शुक्रबार चर्चित गायक चक्र बम र गायीका शान्ति सुनारको बेजोड प्रस्तुती रहनेछ । भने भोली शनिबार लोकप्रिय नायक पल शाहको बेजोड प्रस्तुती रहनेछ ।

लोकप्रिय गायक बम र गायीका सुनारले आज महोत्सवमा आफ्नो बेजोड प्रस्तुती दिनेछन् । भने मोडेल तथा डान्सर भावना चौधरी लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने छ ।

यसअघि हिजो बिहीबार गायक विशाल सोनीले आफ्ना चर्चित गित ‘स्याउली बजारमा तानातान भो हानाहान भो मलाई देखेर’, ‘मकैबारी द¥याम–द¥याम हरियो काँक्रो क¥याम–क¥याम’,‘जुत्ता टल्किए’, ‘एकनाले बन्दुक’ र ‘गुलेली तन्कियो’ लगायतका गीत गाएर दर्शकहरुलाई नचाएका थिए । 


यस्तै अर्की चर्चित गायिका सम्झना रनपालको ‘रानी चरी मैना’, ‘हाम्रो माया अजम्बरी’ लगायतका चर्चित गीत प्रस्तुत गरेकी थिइन् । भने डान्सर विन्दु विष्टले नृत्य प्रस्तुत गरि दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन् ।

गत पुष ३० गतेदेखि सञ्चालनमा आएको आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव–२०८२ माघ १० गतेसम्म सञ्चालन हुनेछ । 


नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सहआयोजनामा महोत्सव भइरहेको हो । 

महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती भइरहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए । 

Duduwa Tato hawa Bachau Image

महोत्सवमा ख्याती प्राप्त दुई दर्जन बढि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने संयोजक खत्रीले जानकारी दिए ।

यो पनि बद्री पंगेनीको गतीमा दर्शक झुमे

महोत्सवमा लण्डन बृज, जलपरि, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले बताए । 


यस्तै महोत्सवमा विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता समेत भइरहेकोछ । उक्त प्रतियोगितामा विजयी हुने प्रथम, द्वितिय, तृतिय र सान्त्वनालाई क्रमश २५ हजार,१५ हजार १० हजार ५ हजार नगदसहित विभिन्न उपहार प्रदान गरिनेछ । 

माघ १० गते लोकप्रिय तथा चर्चित नायक पल शाहको बेजोड प्रस्तुति रहने महोत्सवका साँस्कृतिक संयोजक मिना डाँगीले जानकारी दिइन् ।

यो पनि आज नेपालगन्ज महोत्सवमा टंक टिमिल्सेना र शान्तिश्रीको बेजोड प्रस्तुती रहने

यो पनि नेपालगन्ज महोत्सवमा आजदेखि विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता 

यो पनि नेपालगन्ज महोत्सवमा कमल विसी ‘माल्दाई’ र सृजना खत्रीले दर्शक नचाए

यो पनि नेपालगन्ज महोत्सवमा आज कमल विसी ‘माल्दाई’, गायीका सृजना खत्री (हाउडे माया) र मोडल करिश्मा शाहीको प्रस्तुती रहने

यो पनि आठौँ प्रादेशिक महोत्सवः रचना रिमालको बेजोड प्रस्तुतीमा दर्शक झुमे

यो पनि आज नेपालगन्ज महोत्सवमा रचना रिमाल आउँदै 

यो पनि आठौं प्रादेशिक महोत्सव : कुश्मी र शाहीको दमदार प्रस्तुतीमा झुमे दर्शक

यो पनि आठौँ प्रादेशिक महोत्सव सुरुः उद्यमीलाई थप उत्पादनमा पहुँच हुने विश्वास

यो पनि आजदेखि नेपालगन्जमा आठौँ प्रादेशिक महोत्सव