आज नेपालगन्ज महोत्सवमा टंक टिमिल्सेना र शान्तिश्रीको बेजोड प्रस्तुती रहने

आज नेपालगन्ज महोत्सवमा टंक टिमिल्सेना र शान्तिश्रीको बेजोड प्रस्तुती रहने

नेपालगन्ज ५ माघ : नेपालगन्जमा जारी आठौं प्रादेशिक महोत्सवमा आज सोमबार चर्चित गायक टंक तिमिल्सेना र गायीका शान्तिश्री परियारको बेजोड प्रस्तुती रहनेछ । 

यो पनि नेपालगन्ज महोत्सवमा आजदेखि विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता

लोकप्रिय गायक टंक र गायीका शान्तिश्रीले आज महोत्सवमा आफ्नो बेजोड प्रस्तुती दिनेछन् । यसअघि हिजो आईतबार चर्चित गायक खुमन अधिकारी र गायीका इसबल सन्ज्यालको लाइभ लोकदोहीरीमा दर्शक रमाएका थिए । 


यस्तै मोडेल निशा गिरीले आफ्नो प्रस्तुती प्रस्तुत गर्दा दर्शक भरपुर मनोरञ्जन प्रदान गरेका थिए । भने एमसी रिन्जाले पनि ¥याप गित प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । 

पुष ३० गतेदेखि सञ्चालनमा आएको आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव–२०८२ माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

यो पनि नेपालगन्ज महोत्सवमा कमल विसी ‘माल्दाई’ र सृजना खत्रीले दर्शक नचाए

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सहआयोजनामा महोत्सव भइरहेको हो । 

यो पनि नेपालगन्ज महोत्सवमा आज कमल विसी ‘माल्दाई’, गायीका सृजना खत्री (हाउडे माया) र मोडल करिश्मा शाहीको प्रस्तुती रहने

महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती भइरहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए । 


Duduwa Tato hawa Bachau Image

महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक रमेश राज भट्टराई, कमल विसी माल्दाई, सृजना खत्री, गायीका शान्तिश्री परियार, गायक टंक तिमिल्सेना, प्रिति आले, बद्रि पंगेनी लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने संयोजक खत्रीले जानकारी दिए ।

यो पनि आठौँ प्रादेशिक महोत्सवः रचना रिमालको बेजोड प्रस्तुतीमा दर्शक झुमे

महोत्सवमा लण्डन बृज, जलपरि, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले बताए । 


यस्तै महोत्सवमा विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता समेत सुरु भएकोछ । उक्त प्रतियोगितामा विजयी हुने प्रथम, द्वितिय, तृतिय र सान्त्वनालाई क्रमश २५ हजार,१५ हजार १० हजार ५ हजार नगदसहित विभिन्न उपहार प्रदान गरिनेछ । 

प्रतियोगितामा सहभागि हुन निःशुल्क फारम भर्ने व्यवस्था गरिएको महोत्सव सांस्कृतिक संयोजक मिना डाँगीले जानकारी दिइन् ।

यो पनि आज नेपालगन्ज महोत्सवमा रचना रिमाल आउँदै 

यो पनि आठौं प्रादेशिक महोत्सव : कुश्मी र शाहीको दमदार प्रस्तुतीमा झुमे दर्शक

यो पनि आठौँ प्रादेशिक महोत्सव सुरुः उद्यमीलाई थप उत्पादनमा पहुँच हुने विश्वास

यो पनि आजदेखि नेपालगन्जमा आठौँ प्रादेशिक महोत्सव