आठौं प्रादेशिक महोत्सव : कुश्मी र शाहीको दमदार प्रस्तुतीमा झुमे दर्शक
शुक्रबार चर्चित गायीका रचना रिमालको प्रस्तुती रहने
- | अर्थ | नेपाखबर | मनोरञ्जन
- २ माघ २०८२, बिहिवार
- नेपाखबर
नेपालगन्ज १ माघ : नेपालगन्जमा जारी आठौं प्रादेशिक महोत्सवमा चर्चित गायक राज कुश्मी र गायीका सपना शाहीले आज (विहीबार) दमदार प्रस्तुती रह्यो ।
गायक राज कुश्मीको चर्चित गितहरुमा दर्शकहरु झुमेका थिए । पतली कमरिया मोरे हाई हाई, मजा आइगिल, छलकल जवानी, उरि उरि भौरा, बरा व्युटि बातो ब्याटल, झुमरा लगायतका दुइ दर्जन बढि चर्चित गित गाएर कुश्मीले दर्शकलाई नचाएका थिए । दर्शकले गायक कुश्मीको गितमा वान्स मोर भन्दै नाचेर साथ दिएका थिए ।
यस्तै अर्का चर्चित गायीका सपना शाहीले आफ्ना चर्चित गित प्रस्तुत गरेर दर्शकहरुलाई नचाउन सफल भएकी थिइन् । गायीका सपना शाहीले दर्शकहरुलाई देउडा गित गाएर देउडा समेत खेलाएकी थिइन् । उनको गितमा दर्शकहरु गोलबद्ध भई देउडा खेलेर रमाएका थिए ।
यो पनि आठौँ प्रादेशिक महोत्सव सुरुः उद्यमीलाई थप उत्पादनमा पहुँच हुने विश्वास
पुष ३० गतेदेखि सञ्चालनमा आएको आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव–२०८२ माघ १० गतेसम्म सञ्चालन हुनेछ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सहआयोजनामा महोत्सव भइरहेको हो ।
यो पनि आजदेखि नेपालगन्जमा आठौँ प्रादेशिक महोत्सव
महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती भइरहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए ।
महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक रमेश राज भट्टराई, कमल विसी माल्दाई, सृजना खत्री, गायीका शान्तिश्री परियार, गायक टंक तिमिल्सेना, प्रिति आले, बद्रि पंगेनी लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने संयोजक खत्रीले जानकारी दिए ।
महोत्सवमा लण्डन बृज, जलपरि, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले बताए ।
महोत्सवमा विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता माघ ४ गतेदेखि सञ्चालन हुनेछ, जसको लागि निःशुल्क फारम भर्ने व्यवस्था सांस्कृतिक संयोजक मिना डाँगीले जानकारी दिइन् । महोत्सवको तेस्रो दिन शुक्रबार चर्चित गायीका रचना रिमालको प्रस्तुती रहनेछ ।





0 Comments