आठौँ प्रादेशिक महोत्सव सुरुः उद्यमीलाई थप उत्पादनमा पहुँच हुने विश्वास
नेपालगन्ज ३० पुष: नेपालगन्जमा आजदेखि १० दिने आठौ प्रादेशिक घरेलु कृति, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सुरु भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सहआयोजनामा महोत्सव आजदेखि सुरु भएको हो ।
महोत्सवलाई लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिचाई मन्त्री सिता शार्मा चौधरीले उद्घाटन गरेकी थिइन् । मन्त्री चौधरीले महोत्सवलाई उद्घाटन गर्दै महोत्सवले उद्यमीहरुलाई थप बल पुग्ने बताइन् ।
घरेलु उद्यमलाई थप टेवा पुग्न यस्ता खाले महोत्सवले हौसला प्रदान गर्ने उर्जा मन्त्री चौधरीको जोड छ । कृषि, सूचना र प्रविधिमा लुम्बिनी सरकारले बढि जोड दिएको हुनाले यस्ता खालको मेला महोत्सवले युवा उद्यमी उत्पादन गर्ने मन्त्री चौधरीले बताईन् ।
यो पनि आजदेखि नेपालगन्जमा आठौँ प्रादेशिक महोत्सव
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको महोत्सव आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए । महोत्सवको पहिलो दिन आरजे रास्कोटीले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।
आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा चर्चित नायक तथा मोडेल पल शाह, गायक तथा मोडेल दुर्गेश थापा, गायक रमेश राज भट्टराई, कमल विसी माल्दाई, सृजना खत्री, गायीका शान्ति श्री परियार, गायक टक तिमिल्सेना, प्रिति आले, बद्रि पंगेनी लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने सहसंयोजक विष्णु प्रसाद खनालले जानकारी दिए ।
महोत्सवमा लण्डन बृज, जल परि, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने सहसंयोजक खनालले बताए ।
महोत्सवमा विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता माघ ४ गतेदेखि सञ्चालन हुनेछ जसको लागि निःशुल्क फारम भर्ने व्यवस्था सांस्कृतिक संयोजक मिना कुमारी डाँगीले जानकारी दिइन् ।
महोत्सवको उद्घाटनअघि नेपालगन्जको वीरेन्द्र चोकदेखि विभिन्न समुदायको झाँकी, नृत्यसहित सुरु भएको शोभा यात्रा पुष्पलाल चोक, कारकाँदो चोक हुदैँ सडक डिभिजन महोत्सव परिसर पुगेको सांस्कृति समितिका संयोजक डाँगीले बताइन् ।





0 Comments