बद्री पंगेनीको गतीमा दर्शक झुमे
- | अर्थ | नेपाखबर | मनोरञ्जन
- ७ माघ २०८२, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज ६ माघ : नेपालगन्जमा जारी आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवको सातौं दिन मंगलबार लोकदोहोरी गायक बद्री पंगेनीको सांगीतिक प्रस्तुति दर्शकका लागि मुख्य आकर्षण बन्यो । महोत्सवमा गायक पंगेनीले ‘झ्याप्पै आइन मगर्नी बर्को ओढेर’ बोलको चर्चित गीत प्रस्तुत गरेपछि नेपालगन्जका दर्शक जुर्मुराएका थिए ।
पंगनीले ‘उनको राशी तुला पर्यो मेरो राशी कन्या, जनैको कसम खाएर भन्छु म’ लगायत बोलका गीतहरु गाउँदा दर्शकहरु चिच्याउँदै हो–हल्लाका साथ रमाएका थिए । महोत्सवमा पंगेनीले आफ्ना नयाँ तथा पुराना लोकदोहोरी गीति प्रस्तुति गरेर दर्शकलाई भरपुर मनोरञ्जन गराएका थिए ।
यो पनि आज नेपालगन्ज महोत्सवमा टंक टिमिल्सेना र शान्तिश्रीको बेजोड प्रस्तुती रहने
यस्तै गायिका एन्जिला रेग्मीको ‘बजाएर बाजा, रेवन चस्मा लगाउँन, छ कि छैन मेरो माया, दिलको भित्तैमा, माया बस्यो हात्तैमा, दुइ–दुइ चार हुन्छ मन मिले घरवार हुन्छ, कालाकाला आखाँमा चस्मा लगाउन’ बोलको गीत प्रस्तुत गर्दा दर्शक झुमी झुमी नाचेर साथ दिएका थिए ।
यो पनि नेपालगन्ज महोत्सवमा आजदेखि विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता
यो पनि नेपालगन्ज महोत्सवमा कमल विसी ‘माल्दाई’ र सृजना खत्रीले दर्शक नचाए
यस्तै गायक शिव जीएमले ‘छुच्चि माया, रक्सी मासु, चुम्मा देउ छैली’ लगायतका आधा दर्जन चर्चित गीत प्रस्तुत गरेका थिए । गायक जिएमको थारु प्रस्तुतिमा नेपालगन्जका दर्शक झुमेका थिए ।
महोत्सवमा डान्सर विन्दु विष्ट नृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा दैनिक लोकदोहरी, स्थानीय कलाकारहरुको प्रस्तुती रहने गरेको छ ।
गत पुष ३० गतेदेखि सञ्चालनमा आएको आठौँ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ माघ १० गतेसम्म चल्नेछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सहआयोजना रहेकोछ ।
यो पनि आठौँ प्रादेशिक महोत्सवः रचना रिमालको बेजोड प्रस्तुतीमा दर्शक झुमे
आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीका अनुसार महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।
महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइन्छ ।
महोत्सवमा विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता सञ्चालन भैरहेको छ । जसमा १४ जनाको प्रतिस्प्रधा भैरहेको छ । यस्तै भोली बिहीवार नेपालगन्ज महोत्सवमा चर्चित गायिका प्रिति आले, गायक श्रीकृष्ण बम मल्ल, मोडेल आरुशी अस्लामी मगर, डान्सर विन्दु विष्टको बेजोड प्रस्तुती रहने सास्कृतिक संयोजक मिना डाँगीले जानकारी गराइन् ।
यो पनि आज नेपालगन्ज महोत्सवमा रचना रिमाल आउँदै
यो पनि आठौं प्रादेशिक महोत्सव : कुश्मी र शाहीको दमदार प्रस्तुतीमा झुमे दर्शक
यो पनि आठौँ प्रादेशिक महोत्सव सुरुः उद्यमीलाई थप उत्पादनमा पहुँच हुने विश्वास





0 Comments