लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

नेपालगन्ज ११ वैशाख : अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले जित्ने दाबी गरेका छन् ।

नेपालगन्जमा आज पत्रकारहरुसंग कुराकानी गर्दै एपीएफ क्लबका कोच भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताएकी छिन् । उनले प्रतिस्पर्धीलाई कमजोर ठान्न नहुने बताउदै नतिजा आफूहरुले जित्ने दाबी गरेकी हुन । 

यस्तै एपीएफकी क्याप्टेन अनिता बस्नेतले खेल रोमाञ्चक हुने बताउँदै आफूहरु जित्नको लागि खेल्न लागेको प्रतिक्रिया दिएकी छिन् । नेपालगन्जमा भएको यो प्रतियोगिताले महिला खेलाडीलाई मात्र नभई समग्र खेलप्रेमीहरुलाई हौसला जगाएको उनले बताएकी छिन् । 

यो पनि : लुम्बिनी कप महिला फुटबल : आज एपिएफ क्लब र रौतहटबीच रोमाञ्चक खेल हुँदै

यस्तै नेपाल पुलिस क्लबका कोच सुमन सुवेदीले खेल जित्नको लागि रणनीती बनाएर अगाडी बढ्ने उद्घोष गरेकी छन् । खेल जित्नको लागि तपाईहरुलाई चुनौती देखिएकै हो त भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै सुवेदीले भनिन्,‘फुटबलमा नतिजा जस्तो पनि आउन सक्छ । राम्रो भनेको टिमले पनि कहिलेकाँही नराम्रो खेल्न सक्छन् । अनि नराम्रो भनेको टिमले राम्रो पनि खेल्न सक्छ ।’ उनले भोली(शुक्रबार)को खेलमा राम्रो प्रस्तुती दिने बताएकी छन् ।


यस्तै एनपीसीकी क्याप्टेन निरु थापाले घरेलु मैदानमा आएर फाइनल खेल खेल्ने सपना पुरा भएजस्तै खेल जित्ने सपना पनि पुरा हुने बताएकी छिन् । फुटबल खेलमा महिला खेलाडीहरुको सहभागिता बढाउनका लागि नियमित तालिम तथा आवश्यक पर्ने ब्यबस्थापकीय कामहरु गर्नुपर्ने उनले सुझाव दिएकी छिन् । निरन्तर खेल हुन सकेमा यस्ता प्रतियोगिताहरुको उचाई बढ्ने र उपलब्धी हाँसिल हुने उनको प्रतिक्रिया छ ।

यो पनि : लुम्बिनी कप महिला फुटबलः सेमिफाइनल समीकरण पूरा

आजको कार्यक्रममा म्याच कमिशनर प्रदेश सिंह राठौर, अन्तरालका कार्यकारी जयनारायण शाह, एन्फा बाँकेका अध्यक्ष भोजराज शाही, मिडिया संयोजक निरज गौतम, प्रचारप्रसार समितिका संयोजक तेजबिक्रम शाह, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, पुर्व अध्यक्ष झलक गैेरे र एशियाली खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष एवं नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष तथा विविसी संवाददाता निरन्जन राजवंशी लगायत विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मी, खेलप्रेमी तथा अभियन्ता र आयोजक टिमको सहभागीता रहेको थियो ।

यो पनि : लुम्बिनी कप महिला फुटबल : घरेलु टोलीलाई हराउदै रौतहट सेमीफाइनलमा प्रवेश

कार्यक्रममा भोली(शुक्रबार)को फाइनल खेलका प्रतिस्पर्धी दुबै टिमका कोच र क्याप्टेनको सामुहिक तस्विर कैद गरीएको थियो । तस्विर कैद गरीरहँदा दुवै टिमका कोच र क्याप्टेनहरुमा गम्भीरता र भोलीका लागि तिब्र चिन्तनशिलता रहेको प्रष्ट देखिन्थ्यो । 

यो पनि : भारतीय क्लबलाई हराउँदै पुलिस लुम्बिनी कपको सेमिफाइनल

Duduwa Tato hawa Bachau Image

भोली(शुक्रबार) हुने फाइनल खेलको प्रतिस्पर्धी एपीएफ क्लबले कर्णालीलार्ई ६—० गोल अन्तरले र रौतहटलाई ३—० ले हराउदै फाइनल यात्रा तय गरेको हो । यसैगरी नेपाल पुलिस क्लबले भारतीय टीम सिलुगुडीलाई ४—० ले र त्रिभुवन आर्मीलाई सडन डेथमा हराएर फाइनल यात्रा तय गरेको हो । 

यो पनि : छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

एपीएफ क्लब र नेपाल पुलिस क्लबबिच शुक्रबार हुने फाइनल खेल दिउँसो ३ बजे शुरु हुने मिडिया संयोजक निरज गौतमले जानकारी दिए । अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघको सहकार्यमा जारी प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिम सहभागि भएर प्रतिस्पर्धा गरेका हुन् ।

यो पनि : विभागीय सहित ८ टिम सहभागि हुने, विजेतालाई ५ लाख पुरस्कार

प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिसको एनपीसी, नेपाल आर्मीको टीएसी, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टिम सहभागी भए । 

यो पनि : अब पछाडी फर्कने अवस्था छैन, लुम्बिनी कप महिला फुटबल तोकिएकै समयमा हुन्छ

प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ ।

थप समाचारहरु

महिला फुटबलको टि–शर्ट सार्वजनिक

लुम्बिनी कपले महिला खेलाडीलाई अवसर प्रदान गर्नेछः कप्तान एन्जिला

लुम्बिनी कप महिला फुटबल अब बैशाखमा हुने

लुम्बिनी कप महिला फुटबलको तयारी तीब्र

लुम्बिनी कप महिला फुटबलको तयारीमा तीब्रता 

लुम्बिनी कप महिला फुटबलले खेल क्षेत्रमा योगदान दिनेछ : मन्त्री चौधरी

लुम्बिनी कप महिला फुटबलको सचिवालय उद्घाटन

लुम्बिनी कप फागुन १९ गतेदेखि