लुम्बिनी कपले महिला खेलाडीलाई अवसर प्रदान गर्नेछः कप्तान एन्जिला

लुम्बिनी कपले महिला खेलाडीलाई अवसर प्रदान गर्नेछः कप्तान एन्जिला

नेपालगन्ज २१ चैत्रः नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको शुरुआत हुुनु खुसीको कुरा भएको बताएकीछन् ।

आफ्नो जीवनीमा आधारित फिल्म ‘एन्जिला’को प्रमोसन गर्न नेपालगन्ज आएकी एन्जिलाले बुधबार यहाँका महिला खेलाडीहरु भेटेकी थिइन् ।

एन्जिलाले भनिन्,‘नेपालगन्जमा महिला फुटबल हुनु खुसी कुरा हो । प्रतियोगिताले धेरै महिला खेलाडीलाई खेल्ने अवसर दिनेछ । महिलाको प्रतियोगिता नेपालमा धेरै कम हुने गरेको छ । यस्तो अवस्थामा महिला फुटबल हुनु सुखद कुरा हो । प्रतियोगिता सफलताको कामना गर्दछु ।’

खेलकुदको क्षेत्रमा धेरै जनाले निराशाजनक कुरा गर्ने गरेको बताउँदै कप्तान एन्जिलाले आफ्नो लक्ष्य अनुसारको काम गर्न सक्नु पर्ने बताइन् । उनले भनिन्, ‘फुटबल क्षेत्रमा पनि धेरै अभाव होला । तर मैले मेरो रुचीले फुटबल खेलेको हुँ । यसमा मैले जतिसक्यो राम्रो गर्ने प्रयास गर्ने हो । नतिजा भोली जे पनि हुन सक्छ, सकारात्मक भएर आफनो लक्ष्य अनुसार काम गर्नु पर्छ ।’

कप्तान एन्जिला लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको सद्भावना दूत हुन । केहि दिन अघि एन्जिला र राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंहले दशरथ रंगशालामा लुम्बिनी कपको लोगो सार्वजनिक गरेकी थिइन् ।

लुम्बिनी कप फुटबलको आयोजनामा सद्भावना दूतको रुपमा रहेर एन्जिलाले नेपाली महिला फुटबलको विकासमा महत्वपुर्ण योगदान गरेको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

एन्जिलाले बुधबार नेपालगन्ज रंगशालाको भ्रमण गर्दै यहाँका महिला खेलाडी र खेलकर्मीसँग पनि भेट्घाट गरेकी थिइन् । उनले लुम्बिनी कप अन्तराष्ट्रिय महिला फुटबल सचिवालयको पनि निरीक्षण गरेकी थिइन् । कार्यक्रममा उनलाई बाँकेका महिला फुटबल खेलाडी र पदाधिकारीले स्वागत गरेका थिए । 

नेपाली राष्ट्रिय महिला फुटबल टीमकी कप्तान अन्जिलाले नेपालममा महिला फुटबलको स्तर बढ्दै गएको बताइन् ।

Duduwa Tato hawa Bachau Image

नेपालगञ्जमा आगामी बैशाख ५ गतेदेखि हुने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल तयारीका सन्दर्भमा पत्रकार भेटघाटका अवसरमा कप्तान एन्जिलाले नेपालमा महिला फुटबललाई व्यवस्थित गर्न थुपै्र चुनौति भएपनि अहिले प्राप्त अवसरवाट खेलाडीहरुले कडा मिहिनत र संघर्षबाट फाइदा लिन सक्नु पर्ने बताइन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गर्ने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलकी सद्भाव दूतसमेत रहेकी कप्तान एन्जिलाले भनिन्,‘महिला फुटबलवाट अन्तर्राष्ट्रियस्तरको नतिजा चाहिएको हो भने राज्यका तर्पmवाट लगानी जरुरी छ । किनभने लगानी नगरेरै राम्रो प्रतिफल प्राप्त गर्न सकिदैन् भन्ने कुरा हामी सबैले बुझनु पर्छ ।’ नेपालगन्जमा राष्ट्रियस्तरको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुन लागेकोमा खुशी व्यक्त गर्दै कप्तान सुब्बाले महिला फुटबलका खेल प्रतियोगिताहरु भैरहनु पर्ने बताइन् ।

बुधबार नेपालगन्ज रंगशालाको भ्रमणका क्रममा एन्जिलाले नेपालगन्जमा महिला फुटबलको बारेमा बुझ्ने प्रयास गरेको लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलका प्रचार–प्रसार संयोजक निरज गौतमले बताए ।