महिला फुटबलको टि–शर्ट सार्वजनिक

महिला फुटबलको टि–शर्ट सार्वजनिक

नेपालगन्ज २३ चैत्र : लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको आधिकारिक ‘टि–शर्ट’ शनिबार नेपालगञ्जमा सार्वजनिक गरिएको छ ।

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी बैशाख ५ गतेदेखि नेपालगञ्जमा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा भारत र नेपालका गरी आठ टीमको सहभागिता रहने जनाइएको छ ।

नेपालगञ्जमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले टि–शर्ट सार्वजनिक गरेका हुन् । कार्यत्रममा मन्त्री अग्रवाललाई अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले सार्वजनिक गरिएको टि–शर्ट प्रदान गरेका थिए ।

त्यस अवसरमा मन्त्री अग्रवालले नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबलले खेलाडीको सहभागिता बढाउन ठूलो सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

नेपालगञ्जमा खेलकुदको विकासका लागि सम्बद्ध पक्षको भूमिका सशक्त बन्न नसकेको उल्लेख गर्दै उनले सरकारले पनि बोल्नेकै कुरा सुन्छ, तसर्थ नगरिकस्तरवाट बोल्न सक्नुपर्छ भने ।

फुटबललगायत समग्र खेलकुदको विकासका लागि आपनो तहवाट आवश्यक पहल गर्ने प्रतिवद्धतासमेत जनाउदै मन्त्री अग्रवालले भने–‘मैले एक्लैले गरेर मात्र हुँदैन्, यसमा सबैको सामूहिक प्रयास हुनुपर्छ ।’

Duduwa Tato hawa Bachau Image

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके जिल्ला अध्यक्ष नवीन गिरी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्द र नेपलागञ्जका पूर्व उपमेयर उमाथापा मगरले लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सफल बनाउन सबै पक्षबाट सक्दो सहयोग हुनु जरुरी रहेको बताएका थिए ।

अन्तरालका प्रमुख कार्यकारी शाहको अध्यक्षतामा भएको टि–शर्ट सार्वजनिक कार्यक्रममा फुटबल प्रशिक्षक, खेल पदाधिकारी, पत्रकार, कानुन व्यवसायीलगायत नेपालगञ्जका लव्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो ।