इश्तियाक राईलाई भूमिहिन र सुकुम्बासीको साथ
नेपालगन्ज १३ फागु : नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आज विहानी चरणको निर्वाचन केन्द्रित कार्यक्रम अन्तर्गत नेपालगन्जको वडा नं १९ र २० मा घरदैलो तथा कोण सभा गरेकाछन् ।
उम्मेदवार राई १९ नं वडाको फारम टोल, भैयापुर, मोहनपुर तथा वडा नं २० को थपुवा नयाँ बस्तीमा मतदाताका घरघरै पुगेर आफ्नो निर्वाचन क्षेत्र केन्द्रित प्रतिबद्धताहरू राखे भने कोण सभामा त्यहाँका स्थानीयले उठाउँदै आएका अजेण्डालाई सम्बोधन गरे ।
यो पनि मतदाताका घरघर पुग्दै इश्तियाक राई
वडा नं २० मा आयोजित कोण सभालाई सम्बोधन गर्दै राईले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको विषयमा बढ्ता जोड दिए । ‘मलाई थाहा छ नेपालगन्जको वडा नं १८ र २० अनि डुडुवाको ४ र ५ नं वडामा पर्ने अमरहवा बस्तीमा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको विषय सबैभन्दा धेरै छ।’, राईले भने ‘अहिले निर्वाचन आचार संहिताले धेरै कुरा बोल्न मिल्दैन । तर, यहाँहरूले यत्ति बुझ्नुस् कि यो विषय निर्वचन लगत्तै समाधान हुन्छ।’
यो पनि चुनावी एजेण्डा बोकेर उम्मेदवार राई मतदाता माझ
यो पनि नेपालगन्ज– १ मा इश्तियाक राईको घरदैबलो र कोण सभा
नेकपा एमाले नै भूमिहिन र सुकुम्बासीहरूको अधिकारका लागि सुरुदेखि लड्दै आएको पार्टी भएको भन्दै राईले सुकुम्बासी र भूमिहिनको मुद्दालाई आफूले प्राथमिकतामा राखेको पनि प्रष्ट पारे । व्यवस्थित बसोबास कायम गर्ने सम्बन्धमा राईले आफ्नो प्रतिबद्धता पत्रमा प्राथमिकताकाका साथ उल्लेख गरे । जसबाट लामो समयदेखि समस्या ब्यहोरिरहेका यहाँका भूमिहीन र सुकुम्बासीहरू आशावादी भएका छन् ।
यो पनि पारस्परिक सम्मान र सद्भाव हाम्रो परिचय बनोस्ः इश्तियाक राई
यो पनि ‘सडक, ढल र रोजगारीलाई प्राथमिकता दिने’ इस्तियाकको प्रतिबद्धता
यो पनि एमाले उम्मेदवार राईको प्रतिबद्धता सार्बजनिक, ‘समृद्ध नेपालगञ्ज–डुडुवा, हाम्रो प्रतिबद्धता’ नारा
राईले वडा नं २० सबैभन्दा ठूलो तर, सबैभन्दा पछाडि परेको वडाका रूपमा आफूले महसुस गरेको बताउँदै राईले भने, ‘मेरो पहलो प्राथमिकता सबैभन्दा कम विकास भएको र सबैभन्दा ठूलो बस्ती भएको यो वडामा छ ।’
त्यस्तै वडा नं १९ मा आयोजित कोण सभामा उम्मेदवार राईले यस क्षेत्रको बाटोघाटो, पुलपुलेसा, शिक्षा–स्वास्थ्य क्षेत्रको आवश्यकता आफूले बुझेको र सोहीअनुसार काम गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए ।
यो पनि एमालेको आन्तरिक विश्लेषण : बाँकेमा एउटा मात्रै प्रत्यक्ष सिट जित्ने
यो पनि बाँके–२ मा तेस्रो जित हात पार्दै पुनरागमन गर्ने दाउमा इश्तियाक
यो पनि धम्बोझीमा ईश्तियाकले भने–‘ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढेकोछ’
यो पनि प्रतिस्पर्धी उम्मेदवारहरूलाई इश्तियाक राईको धन्यवाद !
यो पनि देशका धरोहर र सरकारी संरचना जलाउनेलाई कहिल्यै माफी हुन सक्दैन : राई





0 Comments