चुनावी एजेण्डा बोकेर उम्मेदवार राई मतदाता माझ
नेपालगन्ज ११ फागुन : बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इस्तियाक राईले समुदायगत विविधतालाई नै क्षेत्रको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै विकास, एकता र राजनीतिक सशक्तिकरणको पक्षमा मतदातासँग अपिल गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार बनेका राईले नेपालगन्ज र डुडुवाको सामाजिक संरचना बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक भए पनि त्यही विविधता भित्रको एकताले क्षेत्रलाई बाँधेर राखेको बताए ।
यो पनि नेपालगन्ज– १ मा इश्तियाक राईको घरदैबलो र कोण सभा
उनका अनुसार ‘खुसहाल जीवनको साझा चाहनाले हामीलाई जोडेको छ, अब यही भावनालाई नीतिगत सुधार र तीव्र विकाससँग जोड्नुपर्ने समय आएको छ।’ राईले विशेषगरी नेपालगन्ज र डुडुवा गाउँपालिकामा पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार, रोजगारी सृजना र कानूनी तथा नीतिगत सुधारमार्फत समृद्धिको यात्रा अघि बढाउने प्रतिबद्धता जनाएका छन ।
यो पनि पारस्परिक सम्मान र सद्भाव हाम्रो परिचय बनोस्ः इश्तियाक राई
यो पनि ‘सडक, ढल र रोजगारीलाई प्राथमिकता दिने’ इस्तियाकको प्रतिबद्धता
यो पनि एमाले उम्मेदवार राईको प्रतिबद्धता सार्बजनिक, ‘समृद्ध नेपालगञ्ज–डुडुवा, हाम्रो प्रतिबद्धता’ नारा
यो पनि एमालेको आन्तरिक विश्लेषण : बाँकेमा एउटा मात्रै प्रत्यक्ष सिट जित्ने
यो पनि बाँके–२ मा तेस्रो जित हात पार्दै पुनरागमन गर्ने दाउमा इश्तियाक
यो पनि धम्बोझीमा ईश्तियाकले भने–‘ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढेकोछ’
यो पनि प्रतिस्पर्धी उम्मेदवारहरूलाई इश्तियाक राईको धन्यवाद !
यो पनि देशका धरोहर र सरकारी संरचना जलाउनेलाई कहिल्यै माफी हुन सक्दैन : राई
उनले क्षेत्रको राजनीति सशक्त र प्रभावशाली हुँदा मात्र केन्द्रीय तहमा पहुँच बलियो हुने र त्यसबाट ठोस उपलब्धि हासिल गर्न सकिने धारणा राखेका छन । विगतमा केन्द्रिय सत्तामा यहाँका प्रतिनिधिको प्रभाव र पहुँच हुँदा प्राप्त विकासका उपलब्धिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै त्यसबाट सिक्दै अब अझ संगठित ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।





0 Comments